मेस्सी र रोनाल्डो घर फर्किए, आज नेइमारको पालो हो ?

  २०७५ असार १८ गते १०:२९     विकासन्युज

काठमाडौं । विश्व फुटवलका स्टारद्धय लियोनेल मेस्सी र रोनाल्डो दुबै घर फर्किसकेका छन् । मेस्सीको अर्जेन्टिनाले फ्रान्ससँग पराजय व्यहोरेर रसिया छाड्नु परेको हो भने रोनाल्डोको पोर्चुगलले उरुग्वेसँग पराजित भएर यसपालीको विश्व कपबाट हात धुनु परेको हो ।

मेस्सीको अर्जेन्टिनालाई युरोपियन पावर हाउस फ्रान्सले घर पठाउँदा युरोपियन च्याम्पियन पोर्चुगललाई दक्षिण अमेरिकी उरुग्वेले सिकार बनायो । मेस्सीको अर्जेन्टिनालाई उपाधीको प्रमुख दावेदार मानिएको थियो भने रोनाल्डोको पोर्चुगलले पनि युरो कपमा जस्तै अप्रत्यासित नतिजा ल्याउने धेरैको अनुमान थियो । तर मेस्सी र रोनाल्डोले एकै दिन एकै चरण अर्थात प्रि क्वार्टर फाइनलबाटै घर फर्कनु पर्यो । अर्जेन्टिना र पोर्चुगल भन्दा पहिले नै डिफेन्डिङ च्याम्पियन जर्मनी घर फर्किसकेको थियो ।

अर्जेन्टिना र पोर्चुगलले रसिया छाडेको भोली पल्टै अर्काे दावेदार स्पेनको विश्व कप यात्रा पनि टुंगीसकेको छ । आज अर्थात सोमबार अर्का स्टार नेइमारको ब्राजिलले मेक्सिकोको सामना गर्दैछ । जर्मनी, अर्जेन्टिना, पोर्चुगल र स्पेन बाहिरिएपछि ब्राजिलको पराजय पनि नजिक आईरहेको अनुमान गर्नेहरुको संख्या बढिरहेको छ । आज ७ः४५ बजे ब्राजिलले मेक्सिकोको सामना गर्नेछ भने ११ः४५ बजे बेल्जियमले जापानको सामना गर्नेछ ।

एक पछि अर्काे अप्रत्यासित नजिता आईरहेको विश्व कपमा मेक्सिकोले ब्राजिल र जापानले बेल्जियमलाई पराजित गरे भने पनि आश्चर्य भने हुने छैन् । मेक्सिकोले डिफेन्डिङ च्याम्पियन जर्मनीलाई पराजित गरेको थियो भने जापान पनि अप्रत्यासित नजितासहित नक आउट चरणमा पुगेको एसियाली पावर हाउस हो ।

यद्यपी स्टार खेलाडीहरुले भरिएको ब्राजिलले जर्मनी, अर्जेन्टिना, पोर्चुगल र स्पेनको पराजयबाट पाठ सिक्न सक्ने सम्भावना छ । बेल्जियमले स्पेनकै नियति नभोग्नका लागि नयाँ रणनीतिका साथ मैदान उत्रने सम्भावना भने जिवितै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.