२६ सय वर्षअघि राजा शुद्धोधनले सुनको हलोले जोतेको खेतमा कृषि मन्त्रीले यसरी गरे रोपाई

  २०७५ असार १५ गते १५:२७     विकासन्युज

काठमाडौं । कपिलवस्तुस्थित तिलौकोट जहाँ राजा शुद्धोधनले सुनको हलोले जोतेको खेतमा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालले धान दिवसको अवसरमा रोंपाई गरेका छन् ।


उनले तौलिकोटमा पुगरे नाच्दै–गाउँदै धान रोप्दै धान दिवस मनाएका हुन् ।


कपिलवस्तुको तिलौराकोट दरबारको पूर्व गेट अगाडि रहेको खेतमा लुम्बिनी विकास कोषले उक्त कार्यक्रमको आयोजना गरिएको छ ।


आजभन्दा २६ सय वर्ष अगाडि त्यहाँ राजा शुद्धोधनले सुनको हलोले जोतेर पहिलो पटक धान खेती सुरु गरेको किंवदन्ती छ ।


असारलाई ‘मानो रोपेर मुरी फलाउने’ महिनाको रुपमा लिइन्छ । साथै दही चिउरा खाने दिनको रुपमा समेत असार १५ लाई लिइन्छ ।


‘धान उत्पादनमा बृद्धि, राष्ट्रको समृद्धि’ भन्ने मूलनाराका साथ १५ औँ धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मुलुकभर मनाइँदैछ ।


धानको संवद्र्धन प्रवद्र्धन तथा उत्पादन बढाउने उद्देश्यलार्इ विशेष महत्व दिदै सरकारले २०६१ सालदेखि प्रत्येक वर्ष परम्परागत रुपमा उक्त दिवस मनाउदै अएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.