थोरै सुत्नाले क्यान्सरदेखि आत्महत्यासम्मकाे समस्या निम्तिने

  २०७५ असार १४ गते २२:४६     विकासन्युज

काठमाडौं । तपाईले आफ्नो सुताइलाई वेवास्था त गर्नु भएको छैन ? कहिले सोच्नु भएको छ कम सुत्नाले कतिसम्म खतरनाक रोग लाग्न सक्छ । सुताईप्रति चासो दिनु भएको छैन भने एक पटक ध्यान दिनुहोला थोरै सुते ज्यान लिने सम्भावना भएका रोग क्यान्सरदेखि अत्महत्यासम्मकाे समस्या  निम्तिन सक्ने बीबीसीको एक रिपोर्टमा जनाइएको छ ।


रिपोर्ट अनुसार सन् १९४० को दशकका सर्वेक्षणहरु हेर्दा औसतमा एउटा वयस्क मान्छे ७.९ घण्टा सुत्ने गथ्र्यो । अहिले त्यो समय घटेर ६.७५ घण्टा पुगेको छ ।

थोरै सुते निम्तन सक्ने समस्या

ज्यान लिने सम्भावना भएका रोगहरु क्यान्सरदेखि अल्जाइमर्स, हृदयघात, मधुमेह, मोटोपन, मस्तिष्काघात र आत्महत्या पनि अपर्याप्त निद्रासँग जोडिएका छन् ।

उक्त रिपोर्ट अनुसार छोटो निन्द्राले सबै प्रकारका मरण सँगै छिटो मरणको सङ्केत गर्दछ ।

हाम्रो निन्द्रा हराउनुको कारण यस्तो छ

शरीरको जैविक घडीले प्रकाशको आधारमा हामी कति बेला ब्युँझने र निदाउने त्यो निर्धारण गर्छ । तर कृत्रिम प्रकाशको आगमनपछि हाम्रो जीवनशैली चौबीसै घण्टा चल्न थाल्यो ।

यसले हाम्रो प्राकृतिक जैविक चक्रसँग सामञ्जस्य राख्दैन र निद्रालाई बाधा पुर्याउने गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले प्रत्येक रात ८ घण्टा सुत्नुपर्छ भनेको छ ।

राति राम्ररी सुत्ने उपाय

पहिलो, निंद्रालाई प्राथमिकतामा राख्नुहोस् । अनि तपाई अरु पाँच मुख्य कुरा निद्रा लाग्ने उपाय अपनाउन सक्नुहुनेछ ।

सप्ताहान्न होस् वा अरु कुनै दिन सधैं उही समयमा सुत्न जानुहोस् र उही समयमा उठ्नुहोस् ।

आधुनिक समाज अध्यारोबाट वञ्चित छ । त्यसैले राति बत्ती निभाउने गर्नुहोस् ।

आफ्नो सुत्ने कोठा शीतल राख्नुहोस । हाम्रो निद्राका लागि १८.५ डि सेन्टिग्र्र्र्रेट जति तपक्रम आवश्यक पर्छ । निदाउनका लागि शरीरको तापक्रम घट्नुपर्छ ।

ओछ्यानमा जागा नबस्नुहोस् । मस्तिष्कले ओछ्यानमा बस्नु भनेकै ‘जागा रहनु हो’ भन्ठानिदिन सक्छ । त्यसले पनि निद्रा भगाउछ ।

यदि २०–३० मिनेट ब्युँझनुभयो भने उठ्नुहोस्, अलि अँध्यारो कोठामा जानुहोस्, केही पढ्नुहोस् । अनि निद्राले छोपेजस्तो भएपछि ओछेयानमा फर्कनुहोस् ।

दिउँसो २ बजेपछि कफीजन्य पदार्थ बार्नुहोस् । त्यसले जागा राखिदिन्छ र निद्रामा अवरोध पारिदिन्छ । अन्त्यमा, राति मदिराले राम्रो गर्दैन । यसले उत्तेजनशीलता शमन गर्छ । अचेत मात्रै बनाइदिन्छ ।

निद्रालाई प्राथमिकतामा राख्दै, त्यागेर हैन यसलाई अँगालेर राम्रो निद्रा पार्ने माथिको उपाय अपनाउनुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.