सामसङ्गले ल्यायो तीन मोडलका टिभीमा आकर्षक अफर, सिमित समयको लागि मात्रै

  २०७५ असार १४ गते १८:३२     विकासन्युज

काठमाडौं । विश्वकप २०१८ चलिरहेसँगै सामसङ्गले तीन नयाँ मोडलका टेलिभिजन सुपथ मूल्यमा बिक्री गर्ने अफर सार्वजनिक गरेको छ । यो योजनाको मुख्य उद्देश्य फुटबल प्रेमीलाई एउटा राम्रो र रमाइलो उत्सवको अनुभव दिनु रहेकाे कम्पनीले जनाएकाे छ।

फिफा विश्वकप २०१८ लाई लक्षित गरेर कम्पनीले सामसङ्गका टेलिभिजनहरुको खरिदमा विशेष अफर दिएको छ । यस योजनामा ग्राहकले यी ८२ इन्च प्रिमियम एमयू८००० ४के यूएचडी टिभी, ७५ इन्च एमयू ६१७२ स्मार्ट ४के यूएचडी टिभी र ६५ इन्च एमयू७००० स्मार्ट ४के यूएचडी टिभी मोडलहरुमा उत्कृष्ट अफर प्राप्त गर्न सक्नेछन् ।

यो अफर नेपालभर फैलिएर रहेका सामसङ्ग प्लाजाहरुबाट टेलिभिजन खरिद गर्दा पाउन सकिने छ । साथै, यो अफर केही दिनका लागि मात्रै ल्याइएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.