टाटा मोटर्स र सिप्रदी अटोपार्टसद्धारा टाटा गुरु सम्मेलन, २१ जना गुरुलाई सम्मान

  २०७५ असार १४ गते १८:०८     विकासन्युज

काठमाडौं । टाटा मोटर्स र सिप्रदी अटोपार्टस् प्रा. लि.ले नेपालमा पहिलो टाटा गुरु सम्मेलनको सफल आयोजना गरेको छ । नेपालमा शुरु गरिएको यस टाटा गुरु सम्मेलनमा टाटा मोटर्सका तर्फबाट जयदीप मटकर (आईबी हेड) ले टाटा जेनुईन पार्टस्को बारेमा गुरुहरुलाई बताएका थिए ।

सम्मेलनमा मेकानिक्सहरुलाई एकै ठाउँमा भेला गरी टाटा ब्राण्डका गाडीहरु विश्वासिलो, भरपर्दो र सुरक्षित छ भन्ने कुराहरु आफ्ना ग्राहकहरुमा पुर्याउन सफल बनाएकोले उनीहरुलाई थप केही प्राविधिक ज्ञानहरु प्रदान गरिएको छ । साथै, आफ्नो दक्षताको विकास गर्ने अवसर तथा विभिन्न विधामा उत्कृष्ट कार्य गरेबापत् सम्मान तथा प्रोत्साहनको कार्यक्रमको रुपमा यस सम्मेलनलाई लिईएको थियो ।

प्रमुख कार्यकारी अधिकृत, प्रमुख संचालन अधिकृत लगायत सम्पूर्ण उच्च पदस्थ अधिकारीहरुको उपस्थितिमा टाटा गुरु सम्मेलनमा सबैभन्दा बढी अंक हासिल गर्ने टाटा गुरुहरुलाई सम्मानित पनि गरिएको थियो । जसमा पूर्व तर्फबाट एरिया वाइज हाईएस्ट प्वाईन्ट कलेक्सन गर्न सफल गुरु ईस्राफिल अन्सारीलाई विशाल पटेल एवं प्रमुख संचालन अधिकृत राजेशप्रसाद गिरीबाट अवार्ड प्रदान गरिएको थियो ।

त्यस्तै, काठमाडौबाट धर्मा श्रेष्ठलाई बढी प्वाईन्ट कलेक्सन गरेकोमा जयदीप मटकर एवं प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठको हातबाट सम्मान दिलाईएको थियो । साथै, यस कार्यक्रममा २१ जना टाटा गुरुहरुलाई सम्मान गरिएको थियो । टाटा जेनुईन पार्टस्को प्रयोगले हुने चौतर्फी फाईदाहरुलाई मध्यनजर राख्नुनै टाटा गुरुको मुख्य दायित्व हो भन्ने कुरामा जोड गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.