ग्यालेक्सीको नयाँ ए६ र ए६प्लस स्मार्टफोन बजारमा, मूल्य ४४ हजार रुपैयाँ

  २०७५ असार ११ गते १८:२३     विकासन्युज

काठमाडौं । सामसङ नेपालले हालै इन्फिनिटी डिस्प्लेको साथ नयाँ स्मार्टफोनहरु-ग्यालेक्सी ए६ तथा ए६प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ । एसिरिज स्मार्टफोन मेटल युनिबडी तथा स्लीक डिजाइनको साथ बजारमा ल्याइएको छ ।

ए६प्लसमा ६ इन्च एफएचडी प्लस एसएमोलेड डिस्प्ले रहेको छ भने ग्यालेक्सी ए६५.६ इन्च एचडी प्लस एसएमोलेड डिस्प्लेको साथ उपलब्ध रहेको छ । त्यसै गरी ए६ र ए६प्लसमा स्लीककब्र्स रहेको छ । यस मोबाइल आकर्षक स्टाइल तथा सहज रुपमा हातमा अटाउने खालको एरोनोमिक डिजाइनमा रहेको छ ।

ग्यालेक्सी ए६ र ए६प्लसको इन्फिनिटि डिजाइनले ठूलो डिस्प्ले एरिया प्रदान गर्दछ । पातलो, हलुका तथा होम बटनको सट्टामा सफ्टवेयर पावर्ड इन डिस्प्ले होम बटन हुनु यसको विशेषता रहेको छ । सहजताको लागिफिङ्गर सेन्सर बटनलाई पछाडिको भागमा लगिएको छ । डिस्प्ले हार्डवेरमा गरिएको परिवर्तनले १८.५ः९ को एसपेक्ट रेसियो प्रदान गरेको छ । यसले प्रयोगकर्ताहरुलाई विशेष दृश्यको अनुभव प्रदान गर्ने छ ।

आइएम विजका प्रमुख प्रणय रन्त स्थापितले भने “ग्यालेक्सी ए६ तथा ए६प्लसमा आजकायुवा पिंढीलाई विशेष ध्यानमा राखेर तयार पारिएको छ । सुपर एमोलेड इन्फिनिटी डिस्प्लेको साथ, शानदार अनुभव प्रदान गर्दछ । ए६प्लसमा डुयल रियर क्यामरा रहेको छ । जसको मद्दतले प्रयोगकर्ताले छुट्टै व्यावसायिक तस्वीर खिच्न सक्नुहुन्छ । ”

ग्यालेक्सी ए६प्लसमा डुअल रियर क्यामरा रहेको छ । प्राइमरी रियर क्यामरा १६ मेगा पिक्सल तथा एफ/१.७ अपर्चरको साथ तथा रियर क्यामरा ५ मेगापिक्सल तथा एफ /१.९ को अपर्चरको साथ उपलब्ध छ । सामसङका आकर्षक फिचरहरु लाइभ फोकसको साथ व्याक ग्राउन्ड ब्लर गर्न सकिने सुविधा रहेको छ ।

यी दुई स्मार्ट फोनमा अक्टाकोर प्रोसेसर रहेको छ । यस फोनमा ४जिबि/६४ जिबी र्याम/रोम मा उपलब्ध रहेको छ । यसमा एडभान्स मेमोरी म्यानेन्टमेन्ट फिचर पनि रहेको छ । यसमा सामाजिक सञ्जालका विषय वस्तुहरुलाई सिधै मेमोरी कार्डमा सार्न सकिने सुविधा रहेको छ । ए६प्लसमा ३५०० एमएएच तथा ए६मा ३००० एमएएच प्याट्री रहेको छ भने सबै सेटहरुमा आधुनिक एन्ड्रोइड अपरेटिङ सिस्टम रहेको छ ।

ग्यालेक्सी ए६ र ए६प्लसको नेपाली मूल्य क्रमशः ४४ हजार ३९० रुपैयाँ र ३९ हजार ८९० रुपैयाँ तोकिएको छ । यो फोन नेपाल अधिराज्यभरका रिटेलहरु मार्फत यही असार ६ गते देखि उपलब्ध हुने छ । ग्राहकहरुकोे लागि दुबैं स्मार्टफोनमा ६ महिनाको ब्रेकेज इन्स्युरेन्स प्रदान गरिएको छ । ए६ र ए६प्लसमा ६००० एमबिको डाटा बन्डलिङ्ग पनि प्रदान गरिएको छ । यसबाट ग्राहकहरुले प्रतिहप्ता ५०० एमबिका दरले १२ हप्तासम्म एनसेलको डाटा प्याक पनि निःशुल्क प्राप्त गर्न सकिने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.