चिनियाँ लगानी भित्र्याउन गोन्जाहुमा हङकङ–नेपाल व्यापार लिमिटेडको कार्यालय स्थापना

  २०७५ असार ११ गते १७:३९     विकासन्युज

काठमाडौं । चीनको गोन्जाहुमा हङकङ–नेपाल व्यापार लिमिटेडको कार्यालय खुलेसँगै सरकारको उद्योग मन्त्रालयले तयार पारेको विशेष आर्थिक क्षेत्र (स्पेसियल इकोनोमिक जोन)का लागि लागनीको बटो खुल्ने भएको छ ।


व्यापार संघका अध्यक्ष प्रकाश पुनले चिनियाँ लगानीकर्ता नेपाल सरकारले तय गरेको आर्थिक क्षेत्रमा लागनी बढाउन इच्छुक रहेको बताए । उनको अनुसार संघले सेजमा चीनका सोलार प्यानेल, भवन निर्माणका पदार्थ उत्पादन, गार्मेन्टस् र छाला जुत्ता तथा चप्पलका कारखानाका लागि लगानी भित्राउने लक्ष्य राखेको छ । ‘नेपालमा छाला जुत्ता लगायतका उद्योग स्थापना मात्र नभएर चिनियाँ लगानीको सुरुआत भइसकेको छ,’ उलने भने ‘नेपालका औद्योगिक करिडोरमा चीनका लगानी भित्राउनका लागि संघ सँधै सक्रिय छ । नेपाल सरकारले थालेको चीनसँगको व्यापारीक सम्बन्धलाई एउटा इटा थप्ने काममा संघ समेत सक्रिय हुनेछ ।’

चीनले दक्षिण एसीया र अन्य मुलुकसँग कनेक्टिभीटी गर्दै व्यापार प्रवद्र्धनका लागि लिएको नीति ‘वान बेल्ट वान रोड’ अन्तर्गत नेपालको प्रतिनिधित्व भएको हो ।

चीनको गोन्जाहु सहरमा व्यापार प्रबद्र्धनका निम्ति चीनले सम्बन्धित मुलुकका व्यापारीक संघ र संगठनलाई मासिक एक डलर भाडामा कार्यालय स्थापनका लागि एउटा फ्ल्याट दिने गरेको छ । नेपाली उत्पादन चीन र चीनका उत्पादन नेपालमा ल्याउने उद्देश्यसाथ हङकङ नेपाली व्यापार संघ लिमिटेडले गोन्जाहुमा कार्यालय स्थापना गरेको हो ।

यसको मुख्य उद्देश्य चिनियाँ लगानी नेपाल भित्राउने र नेपालको उत्पादन चीनको बजारमा पुर्याउने रहेको गैर आवासीय नेपाल संघ हङकङकी अध्यक्ष टिका गुरुङले बताइन् ।

चीन–नेपाल संयुक्त व्यापारीक र वित्तिय सहकार्य, कार्यक्रम पनि हुने थापाले बताए । कार्यालय स्थापनापछि चिनियाँ कम्पनी र विभिन्न निकायका अधिकारीले पनि नेपालसँगको व्यापारीक सम्बन्ध बलियो बनाउने बताइएको छ । नेपालका तर्फबाट चीनले दिएको अवसरलाई प्रयोग गर्ने संघ पहिलो नेपाली संस्था हो ।

ओबीओर युरेसीया सेन्टरका अध्यक्ष होमर यु एमएचले नेपालसँगको व्यापारीक सम्बन्ध अझ बलियो बनाउँदै लगानीका लागि इच्छुक रहेको बताए । उनले नेपाली उत्पादन चिनियाँ बजारमा सोचेभन्दा राम्रोसँग प्रबद्र्धनमा कार्यालयले मद्दत हुने बताए ।

चिनियाँ कम्पनी लेमाई ग्रुपका अध्यक्ष ग्योकिरेनले व्यापार संघले थालेको वित्तिय यात्राले नेपाललाई सहयोग र चीनलाई लगानीको ठाउँ मिल्ने बताए ।

नेपाले चीनबाट व्यापारीक साझेदारी गर्ने सम्झौता गरेर प्रधानमन्त्री केपी शर्मा ओली फर्किनासाथ गुन्जाहोबाट चिनियाँ नीजि र सरकारी लगानीकर्ता नेपाली व्यापारिक निकायसँग साझेदारीका लागि उत्सुक देखिएका हुन् । सो क्रममा चीनको हुआङपु जिल्लाकी सीसीपिआइटी क्यु झी याङको पनि सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.