३ बर्षमा १४ प्रतिशत मात्रै नाफा बढाउने नेपाल बैंकको लक्ष्य, कसरी बिक्ला एफपीओ ?

  २०७५ असार ११ गते १७:००     विकासन्युज

काठमाडौं । नेपाल बैंकले आउँदो ३ वर्षमा नाफा १४ प्रतिशत मात्र बढाउने लक्ष्य लिएको छ । बैंकले थप निष्कासन (एफपीओ) ल्याउनका लागि सार्वजनिक गरेको आव्हानपत्रमा नाफा वृद्धि न्युन हुने देखाएको हो । आगामी आर्थिक वर्ष ०७६/०७७ मा नाफा सामान्य बढाएर ३ अर्ब ५५ करोड ३४ लाख रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षमा बैंकले ३ अर्ब ११ करोड ७८ लाख रुपैयाँ नाफा गरेको थियो । ३ वर्षमा बैंकको नाफा ४३ करोड ५५ लाख रुपैयाँ बढ्ने बैंकको प्रक्षेपण रहेको छ ।

बैंकका अनुसार चालु आर्थिक वर्षमा नाफा ३ अर्ब १७ करोड र आगामी वर्ष ३ अर्ब ४७ करोड रुपैयाँ पुग्ने अनुमान छ । बैंकको नाफामा पनि उल्लेख्य रुपमा वृद्धि नभएपछि प्रतिसेयर आम्दानी (ईपीएस) २३.२० रुपैयाँ बढेर २७ रुपैयाँ ६० पैसा मात्र पुग्ने अनुमान गरिएको छ । ३ वर्षमा बैंकको ब्याज आम्दानी ८ अर्ब ३१ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । चालु आवमा ब्याज आम्दानी ६ अर्ब १२ करोड र आगामी वर्ष ७ अर्ब ९७ करोड रुपैयाँ पुग्ने आव्हानपत्रमा उल्लेख गरिएको छ । यस्तै संम्भावित नोक्सानी व्यवस्था फिर्ताबाट २३ करोड ३९ लाख रुपैयाँ आम्दानी गर्ने बैंकको लक्ष्य छ ।

यस्तै बैंकको सेयर पुँजी बढेर ९ अर्ब ८१ करोड रुपैयाँ पुग्ने छ । जगेडा कोषको आकार पनि बढेर १६ अर्ब ७८ करोड रुपैयाँ पुग्ने बैंकको अनुमान छ । चालु आवमा जगेडा कोष ९ अर्ब ७६ करोड र आगामी वर्ष बढेर १३ अर्ब २३ करोड रुपैयाँ पुग्ने छ ।

३ वर्षमा निक्षेप परिचालन १० प्रतिशत बढेर १ खर्ब १६ अर्ब २१ करोड पुर्याउने लक्ष्य लिएको छ । गत आवमा बैंकको निक्षेप परिचालन ९० अर्ब ८१ करोड रुपैयाँ थियो । चालु आवमा बढाएर ९६ करोड, आगामी वर्ष १ अर्ब ५ करोड रुपैयाँ पुग्ने अनुमान बैंकको छ । यस्तै कर्जा विस्तार ११ प्रतिशत हुने अनुमान बैंकको छ । आगामी ३ वर्षमा बैंकको कर्जा विस्तार १ खर्ब ५ अर्ब पुग्ने छ । गत आवमा कर्जा विस्तार ७९ अर्ब ७० करोड रुपैयाँ थियो । चालु आवमा ८५ अर्ब आगामी वर्ष ९४ अर्ब ७९ करोड रुपैयाँ पुग्ने अनुमान छ ।

बैंकले थप निष्कासन (एफपीओ) बिक्रीबाट संकलन हुने रकम कर्जा र शाखा विस्तारमा लगानी गर्ने भएको छ । बैंकले प्रतिकित्ता २८० रुपैयाँमा १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गर्दैछ । एफपीओबाट बैंकले ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ संकलन गर्नेछ । सो मध्ये ८५ प्रतिशत अर्थात ४ अर्ब २० करोड ८९ रुपैयाँ कर्जा तथा सापटीमा लगानी गर्ने भएको छ । यस्तै १० प्रतिशत अर्थात ४९ करोड ५१ लाख लगानी, ३ प्रतिशत शाखा विस्तार अर्थात १४ करोड ८५ लाख रुपैयाँ खर्च हुने बैंकले जनाएको छ । अन्य कामका लागि ९ करोड ९० लाख अन्य क्षेत्रमा खर्च गर्ने बैंकले जनाएको छ ।

एफपीओ निष्कासनपछि बैंकमा सरकारी स्वामित्व ६२.२१ बाट घटेर ५१ प्रतिशत कायम हुने छ । यस्तै सर्वसाधारणको ४९ प्रतिशत हिस्सा रहने छ । यसमध्ये एफपीओबाट प्रवेश गर्नेको स्वामित्व १७ प्रतिशत हुनेछ । बैंकले आउदो शुक्रबार अर्थात असार १५ गतेदेखि एफपीओ निष्कासन गर्दैछ ।

बैंकले आउदो शुक्रबारदेखि प्रिमियम मूल्यमा थप निष्कासन (एफपीओ) ल्याउदैछ । बैंकले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १८० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २८० रुपैयाँमा एफपीओ निष्कासन गर्न लागेको हो । बैंकले १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गर्ने छ ।

एफपीओ निष्कासन बन्द छिटोमा असार १९ गते र ढिलोमा साउन १३ गते हुनेछ । एफपीओ खुलेको दिनदेखि संगठित संस्थाले आवेदन दिन पाउने सिद्धार्थले जानकारी दिएको छ । न्युनतम ५० कित्ता र अधिकम १० ले भाग जाने गरी विद्यमान कानूनी व्यवस्थाको सीमाभित्र रहने गरी अधिकतमका लागि आवेदन दिन सकिने बैंकले जानकारी दिएको छ ।

बैंकले पुँजीगत आधार अझ मजवुत बनाउन बैंकले प्रिमियम मूल्यमा बैंकले १ करोड करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । एफपीओ निष्कासनपछि चुक्तापुँजी बढेर ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्ने छ । एफपीओबाट ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ प्राप्त हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.