एसईईमा चरम लापरवाहीः सयौँ विद्यार्थीको नतिजै आएन

  २०७५ असार ११ गते १३:५८     राजाराम न्यौपाने

काठमाडौं। परीक्षा नियन्त्रण कार्यालयले १० वटा विद्यालयहरुको परीक्षाफल नै प्रकाशित नगरेको तथ्य फेला परेको छ । आफ्नो विद्यालयका परीक्षार्थीहरुको परीक्षाफल नै प्रकाशित नभएपछि राजधानीका १० वटा विद्यालयले परीक्षा नियन्त्रण कार्यालयमा उजुरी दर्ता गरेका छन् ।


कार्यालयका सूचना अधिकारी बिष्णुप्रसाद मिश्रका अनुसार १० वटा विद्यालयहरुले आफ्नो विद्यालयको परीक्षा फल नै प्रकाशित नभएको भन्दै उजुरी दर्ता गराएका हुन् । परीक्षा नियन्त्रण कार्यालयले गत शनिबार माध्यमिक शिक्षा परिक्षाको नतिजा प्रकाशित गरेको थियो । कतिपय विद्यार्थीका प्राक्टिकलको नम्बर समेत चढाउन छुटाएको कार्यालयले दर्जनौं विद्यालयको परीक्षा फल नै गायब पारेको हो ।

नतिजा सार्वजनिक गरेको २४ घण्टा भित्रै १० वटा विद्यालयले विद्यार्थीहरुको नतिजा नआएको भनेर निवेदन दिएका छन् । सोमबार पनि आफ्नो विद्यालयका विद्यार्थीहरुको नतिजा नआएरको भनेर निवेदन दिन विभिन्न विद्यालयका शिक्षकहरु लाईनमा बसिरहेका छन् । काठमाडौं स्युचाटारस्थित रेडियन पब्लीक बोडिङ्ख स्कुलबाट ३२ जना विद्यार्थीले एसईई दिएका थिए ।

३२ जनामा कसैको पनि परीक्षाफल पूर्णरुपमा आएको छैन । जनसंख्यामा प्रक्टिकल र थ्यौरी(लिखित र प्रयोगात्मक) दुबैमा विद्यार्थीको नम्बर आएको छैन । ऐच्छिक गणित २३ जना विद्यार्थीले पढेका थिए । ति सबै विद्यार्थीको अंक आएको छैन । ९ जनाले ऐच्छिक वातावरण पढेका थिए, उनिहरुको अंक भने आएको छ । कम्प्युटर साइन्समा सबै विद्यार्थीको प्राक्टिकलको अंक आयो । तर प्रयोगात्मक अंक भने आएको छैन ।

रेडियन पब्लिक बोर्डिङ स्कुलका प्रेन्सीपल सूर्यबहादुर केसीले भने-मैले हिजो गएर परीक्षा नियन्त्रण कार्यलयमा विद्यार्थीको नेटबाट निकालेको मार्कसिट र विद्यालयको निवेदन पेस गरेको छु ।

परीक्षा नियन्त्रण कार्यालयको गोप्य शाखाका उप सचिव डिल्ली लुइटेलले ४ दिनमा अंक मिलेर आउने बताए । एसईईको परिक्षाफल नआएपछि परीक्षार्थी रिपीका बिडारीले भनिन्-छिमेकका साथीहरूले रिजल्ट आयो भनेर खुसी भएका छन्, आफ्नो रिजल्ट नआउँदा तनाब भैरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.