अब काठमाडौं-नेपालथोक-सिन्धुली-बर्दिबास रेल पनि, काठमाडौं-वीरगञ्ज पाँच बर्षभित्रै

  २०७५ असार ११ गते ९:४५     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले काठमाडौंबाट सिन्धुली हुँदै बर्दिबास पुग्ने रेलमार्ग निर्माण गर्ने बताएका छन् । चीन भ्रमणबाट फर्किएका ओलीले एबिसी टेलिभिजनलाई अन्तरवार्ता दिँदै काठमाडौंबाट नेपालथोक–सिन्धुली–बर्दिबास रेलमार्ग निर्माण गर्ने बताएका हुन् ।

‘काठमाडौंबाट नेपालथोक हुँदै सिन्धुली निस्केर बर्दिबास पुग्ने रेल पनि बन्छ । चीनसँग यो बारेमा कुरा त गरेका छैनौं तर यो मेरो योजना हो, त्यहाँ एउटा सुरुंग बनाउनुपर्छ, त्यसले काठमाडौंलाई तराईसँग पनि जोड्छ र पुर्व पश्चिम रेलमार्गसँग पनि जोडिन्छ ।’, ओलीले भनेका छन् । उनले खुर्काेटमा सुरुङ बनाउन सकिए त्यो रेलले काठमाडौं र तराईको दुरी घटाउने पनि दावी गरे ।

सिगात्सेको रेललाई काठमाडौंसम्म विस्तार गर्नु चिनियाँ राष्ट्रपति सि जिनपिङको लक्ष्य भएकाले त्यसको काम तुरुन्तै अघि बढ्ने पनि उनले जानकारी दिए ।

यस्तो छ ओलीको रेल सपनाको कार्यतालिका
पुर्व पश्चिम रेलमार्ग केहि बर्षभित्र बनिसक्छ । काठमाडौं–बिरगञ्ज–रक्सौल रेल पाँच बर्षभित्र बन्छ । काठमाडौंमा मोनोरेल चार बर्षभित्र बनिसक्छ । थानकोटदेखि धुलीखेल वा नेपालथोक जाने रेल पनि केहि बर्षभित्र बन्छ । पोखरा पुग्ने रेल त्यहाँबाट पश्चिम तिर पनि जान्छ । अहिले नै धेरै कुरा नभनौं । तत्कालै धेरै गर्न पनि मुस्किल हुन्छ । तर नेपाल अन्तराष्ट्रिय रेल वे नेटवर्कसँग जोडिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.