श्री एयरलाइन्सकाे काठमाडौं-राजविराज नियमित उडान शुरू, सातामा ५ दिन भर्ने

  २०७५ असार १० गते १८:१४     विकासन्युज

काठमाडौं । श्री एयरलाइन्सले असार १० गते(आज) देखि काठमाडौं–राजविराज तथा राजविराज–काठमाडौं नियमित हवाई सेवा शुरु गरेको छ । एयरलाइन्सले उडानको पहिलो दिन काठमाडौं–राजविराज सेक्टरमा शिशु तथा बालक ४ जना सहित ४६ जना यात्रुहरुले यात्रा गरेका छन् ।

त्यस्तै, सोही दिन राजविराज-काठमाडौं सेक्टरमा २० जना यात्रुहरुले यात्रा गरेका छन् । उक्त सेवा साताको ५ दिनः आइतबार, सोमबार, बुधबार, बिहीबार र शुक्रबारका दिनहरुमा सञ्चालन हुने छ । त्यस्तै, काठमाडौं राजविराज दिनको १३ः१५(१ः१५) तथा राजविराज काठमाडौं दिनको १४ः१०(२ः१०)का समयमा उक्त सेवा उपलब्ध हुने एयरलाइन्सका प्रवन्धक(कर्पोरेट) अनिल मानन्धरले बताएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीको विशेष पहलमा नेपालको पुरानो एयरपोर्ट मध्ये एक राजविराज एयरपोर्टको स्तरोन्नती गरिसके पछि पुनः संचालनमा ल्याइएको हो । उक्त एयरपोर्ट सञ्चालनमा ल्याउन यस एयरलाइन्सको ९एन-एएमए विमानबाट गत जेठ ८ गते परीक्षण उडान र जेठ १० गते उद्घाटन उडान समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.