‘भूमि सुशासन एप्स’ सञ्चालनमा अायाे, अब दिन गए मालपोत दलालहरुको

  २०७५ असार १० गते १७:५४     विकासन्युज

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले भूमि सम्बन्धी सम्पूर्ण जानकारी सहितको मोवाइल एप्स प्रयोगमा ल्याएको छ ।


मन्त्रालयले कार्यक्रम गरी ‘भूमि सुशासन’ नामक एप्सको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चत्रपाणी खनालले सार्वजनिक गरेका हुन् ।
एप्समा मन्त्रालयका कार्यक्रम, भूमि सम्बन्धी सेवाहरुको जानकारी, कार्यालयहरुको लोकेशन, ऐन–कानुन, नीति–निर्देशिका, कार्यविधि, भूमि शब्दकोष समावेश गरिएको छ ।

त्यस्तै सजिलोमा कन्भर्ट हुने गरी भूमि सम्बन्धित नाप जाँज सम्बन्धि इकाइ, नापी क्याल्कुलेटर, सूचना, गतिविधि, सेवाग्राहीबाट बारम्बर सोधिने प्रश्नहरु पनि मोवाइल एप्समा समेटिएको छ ।

मोवाइल एप्स सार्वजनिक गरेपछि मन्त्री खनालले यो एउटा सानो सुरुवात भएपनि यसले प्रयोगकर्तालाई केही राहात मिल्ने बताए । ‘अझै प्रविधिको क्षेत्रमा मन्त्रालयले धेरै गर्न बाँकी छ,’ उनले भने ‘मन्त्रालयमा कार्यारत प्रविधिहरुलाई यप्रति ध्यानकार्षण यसै कार्यक्रममार्फत गराउछु ।’

मन्त्रालयका अनुसार एप्स नेपाली र अंगेजी दुबैमा उपलब्ध छ । एप्स राम्रोसँग प्रयोग गर्न सकेमा मालपोत कार्यालयहरुमा दलालहरुको बिगबिगि अन्त्य हुने मन्त्रालयका सहसचिव जनकराज जोशीले कार्यत्रममा बताए ।

यस्ता छन् एप्समा समेटिएका विषय

एप्लिकेसनमा विभिन्न विषय वस्तुहरु समेटिएको छ । जसमा मन्त्रालयका प्राथमिकता प्राप्त कार्यक्रमहरुको संक्षिप्त परिचय र उपलब्धी बारे जानकारी, मन्त्रालयबाट प्रदान हुने सेवाहरु बारे जानकारी, सेवा वडापत्र छन् ।

त्यस्तै मन्त्रालय अन्तर्गतका कार्यालयहरुको कार्यक्षेत्र बारे जानकारी, सेवाग्राहीले कार्यालय (मालपोत, नापी र भूमिसुधार)मा पेश गर्नुपर्ने निवेदनका ढाँचाहरु, विभिन्न ऐन, नियम नीति, निर्देशिका, आवश्यक कार्यविधिहरु समेटिएको छ ।

मन्त्रालय र अन्तर्गतका निकायहरुको अवस्थिति देखाउने नक्सा, भूमि शब्दकोश, नापी क्यालकुलेटर, सूचना तथा गतिविधि, सेवाग्राहीबाट बारम्बार सोधिने प्रश्न लगायत विविध विषयहरु समेटिएको मन्त्रालयको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.