ओरिअन सेरिज अन्तर्गत सिजी मोबाइल्सले ल्यायो दुई नयाँ मोडल, सस्तो मूल्यमा धेरै फिचर

  २०७५ असार १० गते १७:०१     विकासन्युज

काठमाडौं । सिजी मोबाइल्सले ओरिअन सेरिज अन्तर्गत दुई नयाँ मोडल नेपाली बजारमा ल्याएको छ । सिजीले ‘ओरिअन १८१डब्लु’ र ‘ओरिअन २४१डब्लु’ नामक दुई मोडलका फोनहरु बजारमा सार्वजनिक गरेको हो । उक्त मोडलका फोनहरुमा धेरै फिचरका साथैं सस्तो मूल्यमा पाइने कम्पनीले जनाएको छ ।

दुई मध्ये ‘ओरिअन १८१डब्लु’ मोडल सस्तो रहेको कम्पनीले जनाएको छ । जसमा १.८ ईन्चको स्क्रीन, डिजिटल क्यामरा, ८ जिबि सम्मथपगर्न सकिने मेमोरी, डुवल सिम र १००० एम.ए एचको ब्याट्री रहेको छ । साथै, यसमा वायरलेस एफएम ब्लूटुथ, म्यूजिक र भिडियो प्लेयर जस्ता थप विशेषता रहेको छ । यस फोनको बजार मूल्य १ हजार १९९ रुपैयाँ तोकिएको छ ।

यसैगरी, ‘ओरिअन २४१डब्लु’मा २.४ ईन्चको स्क्रीन, डिजिटल क्यामरा, ८ जिबि सम्म थप गर्न सकिने मेमोरी, डुवल सिम र १००० एम.ए एचको ब्याट्री रहेको छ । यसमा पनि वायरलेस एफएम ब्लूटुथ, म्यूजिक र भिडियो प्लेयर जस्ता थप विशेषता छ । यसको बजार मूल्य भने १ हजार ४९९ रुपैयाँ तोकिएको छ ।

‘ओरिअन १८१डब्लु’ कालो र निलो, कालो र पहेलो, कालो र रातो तीन विभिन्न आकर्षक रङ्गहरुमा उपलब्ध छ । त्यस्तै, ‘ओरिअन २४१डब्लु’ कालो र रातो, कालो र सुन्तला रङ्गहरुमा उपलब्ध छ ।

साथै, कम्पनीले यो नया“ मोडलमँ १०० दिनको सटही नीति ल्याएको छ । यी दुबै फोनहरु नेपालको सम्पूर्ण मोबाइल बिक्री गर्ने पसलहरुमा उपलब्ध हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.