रोजगारीका लागि विदेश जाँदै हुनुहुन्छ, यी हुन् ठगी गरेर कालो सूचिमा परेका १९७ मेनपावर कम्पनी

  २०७५ असार १० गते १६:३५     विकासन्युज

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १९७ वटा मेनपावर कम्पनीहरुलाई कालो सूचिमा राखेको छ । मन्त्रालयले नियम बमोजिम काम नगरेका १९७ वटा कम्पनीलाई कालो सूचिमा राखेको विवरण सार्वजनिक गरेको हो ।

श्रम मन्त्रालयले ती मेन पावर कम्पनीहरुबाट विदेश जाने कुनै पनि प्रक्रियामा सहभागी नहुन पनि सबैमा अपिल गरेको छ । श्रम मन्त्री गोकर्ण बिष्टले विदेश जाने नेपाली कामदार ठगीको शिकार बन्न नपरोस भनेर कालो सूचिमा रहेका सबै कम्पनीको विवरण सार्वजनिक गरिएको बताए ।

मन्त्रालयले अब केहि दिन भित्रै थप कम्पनीहरुलाई कालोसूचिमा राख्ने तयारी पनि अघि बढाईसकेको छ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई ठगी गर्ने त्यस्ता कम्पनीहरुलाई कालो सूचिमा राखेर थप कारवाहीको प्रक्रिया अघि बढाउने मन्त्री बिष्टले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.