गणेशमान सिंह अध्ययन प्रतिष्ठानले १० हजार युवाउधमी बनाउने

  २०७५ असार ८ गते १६:५९     विकासन्युज

काठमाडौं । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले आगामी एक दशक भित्रमा १० हजार यूवालाई उधमी बनाउने अभियान शुरु गरेको छ ।
गणेशमान सिंह अध्ययन प्रतिष्ठान अन्तर्गतको नेपाल उधमशील समाजले शुक्रबार राजधानीमा आयोजना गरेको नेपाल स्टाटप मिटमा गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष एंव पूर्व उधोगमन्त्री नविन्द्रराज जोशीले यूवाहरुलाई उधमी नबनाएसम्म समृध्दि हासिल हुन नसक्ने बताए ।

पढाई सकेपछि जागिर खोज्ने सोचमा परिवर्तन ल्याउन जरुरी रहेको भन्दै उनले यूवाहरुको नयाँ नयाँ सोचलाई व्यबसायीक रुपदिन प्रतिष्ठानले सधाउने बताए । यसका लागि यूवाको नयाँ नयाँ सोचलाई स्थापित उधमीसंग अन्तरकृया गरी सम्भाव्य परियोजनहरुमा लगानी जुटाई दिने अध्ययन प्रतिष्ठान अन्तर्गतको नेपाल उधमशील समाजले सहजकर्ताको भूमिका निर्वाह गर्ने उनले बताए ।
भाषणबाट मात्र समृध्दि प्राप्त नहुने भन्दै उनले समृद्धि हासिल गर्नका लागी लगानी गर्ने नीजि क्षेत्रको हौसला बढाउने काम सरकारले गर्न नसकेको बताए ।

आफु मन्त्री हुदा उधोगका लागी आबश्यक नीति निर्माणमा आफुले विषेश ध्यान दिएको भन्दै उनले रोजगारी सृजनामा महत्वपूर्ण योगदान गर्दै आएको नीजि क्षेत्रको हौसला बढाउने काममा सरकारले ध्यान दिन जरुरी रहेको औल्याए । नेपाल स्टाटप मिटमा देश भरिबाट छानिएका २३ वटा यूवा उधमीहरुको नयाँ व्यबसायी परियोजना प्रस्ताव माथी छलफल भएको थियो।

कूल१०० परियोजना प्रस्ताव मध्ये बाट ती २३ वटा नयाँ व्यबसायी परियोजना प्रस्ताव छनौट भएका थिए। नेपाल स्टाटप मिटमा मूलुकका स्थापित उधमीहरुका सामू सो प्रस्ताव माथी छलफल गरि उपयुक्त प्रस्तावमा लगानी जुटाउने छलफलको मुख्य उध्देश्य रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.