४७ मुलुकमा नेपाली पश्मिना निर्यात, वार्षिक साढे २ अर्बको कारोबार

  २०७५ असार ८ गते १६:४३     विकासन्युज

काठमाडौ । विश्वका ४७ मुलुकमा नेपाली पश्मिना निर्यात हुने गरेको छ । सरकारले उद्योग विकासलाई प्राथमिकता दिए पश्मिना उद्योगबाट मुलुकले आर्थिक लाभ लिन सक्ने नेपाल पश्मिना उद्योग संघले जनाएको छ । च्याङ्ग्राको रौँ पश्मिनाका लागि प्रमुख कच्चा पदार्थ हो । यसलाई प्रशोधन गरी पश्मिना उत्पादन हुन्छ ।

पश्मिना उत्पादनका लागि उद्यमीले कच्चा पदार्थकारुपमा ‘पश्मिना यार्न, शिल्क यार्न, डाय्स तथा रसायन चीन, भारत र युरोपबाट आयात गर्दैआएका छन् । नेपालको पश्मिना अमेरिका, जापान तथा युरोपमा लोकप्रिय छ । नेपालमा पश्मिनाबाट सल, महिला तथा पुरुषका लागि स्वीटर, कम्बल, टी–सर्ट, स्कार्फ, पञ्जालगायत उत्पादन हुन्छ ।

नेपाल पश्मिना उद्योग संघका प्रमुख कार्यकारी अधिकृत हरिचन्द्र अर्यालले देशको आर्थिक विकासमा सघाउँदै आएको पश्मिना उद्योगलाई सरकारले टेवा दिए सम्भावना बोकेको क्षेत्रमा पर्ने बताए। पश्मिनाको कारोबार सन्तोषजनक रहेको उनले बताए ।

वाणिज्य मन्त्रालयको सहयोग तथा समन्वयमा पश्मिनाको उत्पादन, आयात तथा निर्यात प्रवद्र्धन भइरहेको बताउँदै नेपालमा स्थानीयस्तरमा २ अर्ब ५० करोड रुपैयाँको पश्मिनाजन्य वस्तुको बिक्री हुने गरेको संघले जनाएको छ । विदेशी मुलुकमा २ अर्ब रुपैयाँ बराबरको पश्मिना निर्यात हुने गरेको कार्यकारी अधिकृत अर्याल बताउछन् । अधिकांश पश्मिना उद्योग काठमाडौँ उपत्यकामा रहेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.