४ करोड रुपैयाँ लिएर व्यापारी मुकेश साह फरार

  २०७५ असार ८ गते १४:५२     विकासन्युज

काठमाडौं । बैंक तथा व्यापारीहरुको करोडौँ रुपैयाँ लिएर वीरगञ्ज घण्टाघरका व्यापारी मुकेश साह तेली फरार भएका छन् ।

मीनाबजार छेउमा रहेको नेपाल टेलिकम कार्यालयको पूर्वतर्फ शम्भु केशरीको घरमा किराना सामानको थोक पसल सञ्चालन गर्दै आएका मुकेश गत जेठ २० गतेदेखि बैंक तथा व्यापारीको करोडौँ रुपैयाँ लिएर परिवारसहित फरार भएका छन् ।

मुकेशले वीरगञ्जको ग्लोवल आइएमई बैंकको रु एक करोड ३० लाख र अन्य थुप्रै व्यापारीको रु तीन करोड गरी रु चार करोड रुपैयाँ लिएर फरार भएको पर्सा प्रहरीले जनाएको छ ।

ग्लोवल आइएमई बैंकले मुकेशले सञ्चालन गरेको पसलको सटर तथा निजको घरमा सिलबन्दी गरी सेक्युरिटी गार्ड खटाइएको छ । फरार रहेका मुकेशको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.