ह्युण्डाईको वर्ल्ड कप योजना मार्फत् ४ जना विजेता रसिया जाँदै

  २०७५ असार ८ गते १४:३१     विकासन्युज

काठमाडौं । लक्ष्मी इन्टरनेशनल प्रा.लि., नेपालको लागि ह्युण्डाईको आधिकारिक डिलरले “रोड टु रसिया” योजना अन्तगर्त फिफा वल्र्ड कप २०१८ को फाइनल म्याचको टिकेट विजेताको घोषणा गरेको छ । कम्पनीले लक्की ड्रमार्फत् विजेता घोषणा गरेको हो ।

उक्त लक्की ड्रमार्फत् हालका ह्युण्डाई ओनरहरु मध्ये रानीपौवा, पोखरा निवासी अनिसा गुरुङ र पोखरा निवासी लालबहादुर गुरुङ विजेता भएका छन् । त्यस्तै, नयाँ ग्राहकहरु मध्ये भरतपुर, ५ चितवन निवासी बिनोदकुमार भट्ट र दमक निवासी गोपाल अग्रवाल विजेता भएका छन् । यसका साथै यस योजनामा हरेक ह्युण्डाईको खरिदमा ४३ वा ५५ इन्चसम्मको सामसंङ पनि पक्का पुरस्कारको रुपमा प्रदान गरिएको थियो ।

अन्तर्राष्ट्रिय फुटबलका फ्यानहरुलाई ह्युण्डाईको यस योजनाले २०१८ फिफा वर्ल्ड कप रसियाको फाइनलको प्रत्यक्षदर्शी बन्ने मौका प्रदान गरेको छ । विजेताले हवाई टिकेट र बसाई खर्चको विशेष भ्रमण प्याकेजको सुविधा पाउने छन् ।

फुटबलका फ्यानहरुलाई अद्भुत र रोमाञ्चक अनुभव प्रदान गर्दै ह्युण्डाई विश्व फुटबललाई साथ दिन र विकास गर्नको लागि प्रतिबद्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.