अनिल शाह नविल बैंकको सीईओमा बढुवा

  २०७५ असार ८ गते १०:०६     विकासन्युज

काठमाडौं । नविल बैंकले अनिल शाहलाई प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा बढुवा गरेको छ । ६ महिनादेखि डेपुटी सीईओका रुपमा जिम्मेवारी सम्हाल्दै आएका शाहलाई नविल बैंक सञ्चालक समितिले सीईओमा बढुवा गरेको हो ।

मेगा बैंकमा २ कार्यकाल पुरा गरेर सेञ्चुर कमर्सियल बैंकको सीईओ नियुक्त भएका शाहलाईबीचमै नविलले सीईओ नियुक्त गरेको थियो । सेञ्चुरीलाई धोका दिएर नविल जाने निर्णय गरेपछि नेपाल राष्ट्र बैंकले कुलिङ पिरियडको व्यवस्था गरेर शाहलाई रोकेको थियो ।

राष्ट्र बैंकले एउटा बैंकको प्रमुख कार्यकारी अधिकृतले अर्काे बैंकमा जानु अघि ६ महिना आराम गर्नुपर्ने व्यवस्था ल्याएको थियो । केन्द्रिय बैंकले सीईओ बन्न अंकुश लगाएपछि नविलले शाहलाई डेपुटी सीईओ नियुक्त गरेको थियो ।

६ महिनामा डेपुटी सीईओको भूमिकामा नविलको व्यवस्थापन सम्हालेका शाहले आफु नविल बैंकको सीईओमा बढुवा भएको र शुक्रबारदेखि नै सीईओका कार्यभार सम्हालेको शाहले जानकारी दिए । उनी मेगा बैंक जानु अघि पनि नविलकै सीईओ थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.