अन्तर कलेज फुटसल टुर्नामेन्ट आयोजना हुँदै, साढे एक लाख खर्च लाग्ने

  २०७५ असार ७ गते १७:१९     विकासन्युज

पोखरा । पोखराको सिमलचौरमा रहेको ला ग्राण्डी कलेजको बीसीए आठौं सेमेस्टरको आयोजनामा असारको १५ गतेदेखी अन्तर कलेज फुटसल टुर्नामेन्ट हुने भएको छ । नेपकम्स सर्भिसेसको मुख्य प्रायोजनमा असारको १५ गते देखी १७ गतेसम्म पस्र्याङमा रहेको जी एण्ड एस फूटसल मैदानमा प्रतियोगिता हुन लागेको हो ।

कास्की, तनहुँ, रुपन्देही लगायतका जिल्लाका कलेजहरुमा अध्ययरत विद्यार्थीहरुसंगको मैत्रीपुर्ण सम्वन्ध स्थापनाको लागि प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक विजय कुइकेलले जानकारी दिए ।

प्रतियोगितामा पोखरा, दमौली, बुटवल लगायतका स्थानमा रहेका कलेजहरुबाट हालसम्म ३० टिमले नामदर्ता गराएको संयोजक कुइकेलले बताए । ४० बढि टिमको सहभागिता रहने अपेक्षा गरिएको प्रतियोगितामा प्रथम हुनेलाई नगद ३० हजार, उपविजेतालाई नगद १५ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने उनले बताए ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न करिव एक लाख ५० हजार खर्च लाग्ने अनुमान गरिको छ । प्रतियोगिताबाट बचत भएको रकम विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरणमा खर्च गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.