आइएमई र ग्राण्डी अस्पतालबीच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता, कार्डवाहकलाई ७.५ प्रतिशत छुट

  २०७५ असार ७ गते १५:५८     विकासन्युज

काठमाडौं । आइएमई लिमिटेड र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबीच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता सम्झौता भएको छ । सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको सेवामा ७.५ प्रतिशत विशेष छुट पाउनेछन् । यो सुविधा अस्पताल भित्रको सेवामा मात्र लागु हुनेछ ।

सम्झौतापत्रमा आइएमईका तर्फबाट लोयल्टी कार्यक्रम प्रमुख प्रफुल्ल रिजाल र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको तर्फबाट बजार तथा व्यापार प्रवद्र्घन विभाग प्रमुखप्रति कतिवारीले हस्ताक्षर गरेका छन् । यो सम्झौता यहि मिति २०७५ सालअसार ११ गतेदेखि एक वर्षसम्मका लागिलागु हुने कम्पनीले जनाएको छ ।

त्यसैगरी, चिकित्सकीय परामर्श लगायत विभिन्न दश प्रकारका ल्याब परिक्षण सेवाका लागि जम्मा एक हजार पाँच सय रुपैयाँमा स्वास्थ्य परिक्षण प्याकेज समेत प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ । यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड अस्पतालको ओपीडी शाखामा देखाउनुपर्नेछ ।

आइएमईसँग आवद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालन गर्दै आइएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.