वाणिज्य बैंकबीच ब्याजदरमा सहमति, मुद्धतिमा ११ र साधारण वचतमा ७ प्रतिशत

  २०७५ असार ७ गते १४:१६     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुले निक्षेपको ब्याजमा नयाँ सहमति गरेका छन् । नेपाल बैंकर्स संघको बिहीबार बसेको बैठकले ब्याजदरमा सहमति जुटाएको हो । सहमति अनुसार, संस्थागत निक्षेपकर्ताले १०.५ प्रतिशत ब्याज पाउने छन् ।

मुद्धति निक्षेपकर्तालाई बढिमा ११ प्रतिशत ब्याज दिने सहमति भएको छ । बचतमा अधिकतम ७ प्रतिशत मात्र ब्याज दिने सहमति भएको एक बैंकरले बताए । उनले ब्याजदरमा भद्र सहमतिको विरोध गरेका छन् ।

यसअघि भएको भद्र सहमति तोडिएर ब्याजदर बढेर साढे १२ प्रतिशतसम्म पुगेको थियो । ब्याजदर बढेर अनियन्त्रित हुन थालेपछि बैंकबीच एउटै दर राख्ने भद्र सहमति भएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.