रैराङ हाइड्रोपावरको सेयर कारोबार खुला, मूल्य रेञ्ज कतिदेखि कतिसम्म ?

  २०७५ असार ७ गते १२:१६     विकासन्युज

काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आज(बिहीबार)बाट सेयर कारोबार गर्न सकिने छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता ९८.४२ देखि २९५.२३ रुपैयाँसम्म मूल्य तोकेको छ ।

जुनसुकै कम्पनीको सेयर नेप्सेमा सूचिकरण भएको ७ दिनमा पहिलो कारोबार शुरु हुनेछ ।

काठमाडौंको थापाथलीमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको हालसम्म ५६ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत रहेको छ । साथै, कम्पनीको स्टक सिम्बोल आरआरएचपी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.