ह्युण्डाईको आई२० एक्टिभ नेपाली बजारमा, मूल्य ३३ लाख ९६ हजार रुपैयाँ

  २०७५ असार ७ गते १०:४१     विकासन्युज

काठमाडौं । लक्ष्मी इन्टरकन्टीनेन्टलले नेपालले ह्युण्डाईको आई२० एक्टिभ फेसलिफ्ट २०१८ लन्च गरेको छ । गत मे महिनामा भारतमा लन्च भएको यो मोडेलको कार नेपालको बजार भरी बहुप्रतिक्षित थियो ।

नयाँ ह्युण्डाई आई२० एक्टिभ छरितो बाहिरी आवरण र सहज भित्री डिजाइनमा आएको छ । आई२० एक्टिभको समग्र डिजाइन भने उस्तै राखिएको छ र दमदार लुकको लागि बडी क्लेडिङ र रुफ रेल्सको विशेषता दिइएको छ । प्रिमियम लुक भएको यो मोडेलले पहिलेको आई२० एक्टिभले झै ध्यानाकर्षण गर्ने र रुचाउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

सुरक्षाको मापदण्ड अनुरुप यसमा एबीएस र एअरब्यागस्को विशेषता छ भने प्रिमियम फिचरको रुपमा स्टेरिङ अनुकुली पछाडि देखिने क्यामराको साथ पछाडिको लागि पार्किङ सेन्सर पनि छ । उत्कृष्ट र सफा डिस्प्लेको लागि यसमा अझ राम्रो टच् भएको इन्फोटेन्मेन्ट सिस्टम छ । यो आर१६ डाइमण्ड कट् एलो व्हीलको साथ आउँछ ।

 

आई२० एक्टिभ फेसलिफ्ट बेस र एस भेरियन्ट गरी दुई भेरियन्टमा आउँछ । आई२० एक्टिभ फेसलिफ्ट बेसको मूल्य ३३ लाख ९६ हजार र एस भेरियन्टको मुल्य ३७ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

सन् २००९ मा स्थापित भएदेखि, लक्ष्मी इन्टरकन्टीनेन्टलले आफ्नो ग्राहकहरुलाई उच्चस्तरीय र झन्झट मुक्त सेवा प्रदान गर्दै आएको छ । आजको दिनसम्म आइपुग्दा लक्ष्मी ह्युण्डाईले आफ्नो १३ डिलर र सर्भिस सेन्टर सहितको डिलर सञ्जालको मद्दतले नेपालभरि नै आफ्नो बलियो पकड जमाउन सक्षम भएको छ ।लक्ष्मी इन्टरकन्टीनेन्टलले नेपालको लागि ह्युण्डाईको आधिकारिक बिक्रेता हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.