ओम डेभलपमेन्ट बैंकको शाखा न्यूरोडमा

  २०७५ असार ६ गते १८:१९     विकासन्युज

काठमाडौं । ओम डेभलपमेन्ट बैंक लिमिटेडले काठमाण्डौंको न्यूरोडमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरेका छन् ।

कार्यक्रममा नेपाल आदर्श माध्यामिक विद्यालय न्यूरोड, काठमाण्डौंका विद्यार्थीहरुलाई स्टेशनरी प्रदान गरिएको थियो । हाल बैंकको शाखा संख्या ५३, कर्मचारी संख्या ४२६, ग्राहक संख्या करिब २ लाख ३५ हजार, एटिएम संख्या १७ रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.