एभरेष्ट बैंकद्धारा मन्दिर सरसफाईको लागि डस्टबिन वितरण

  २०७५ असार ६ गते १७:२९     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले बुढानिलकण्ठ मन्दिर परिसरमा मन्दिरको सरसफाईको लागि डस्टबिन वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सांस्कृतीक सम्पदा संरक्षणका कार्यक्रमहरु गर्दै जाने क्रममा उक्त समाग्री वितरण गरेको हो ।

मन्दिर परिसरमा आयोजित उक्त कार्यक्रममा पंजाब नेशनल बैंकका कार्यकारी निर्देशक, एल.वी. प्रभाकरले मन्दिरको व्यवस्थापन समितीलाई डस्टबिन हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र बैंकका अन्य पदाधिकारीहरुका साथै मन्दिरको व्यवस्थापन समितीका सदस्यहरुको पनि उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.