चिनियाँ राष्ट्रपति सि जिङ पिङ नेपाल आउने

  २०७५ असार ६ गते १६:२९     विकासन्युज

काठमाडौं । चिनियाँ राष्ट्रपति नेपाल आउने भएका छन् । राट्रपति विद्यादेवी भण्डारीले दिएको भ्रमण निम्तोलाई स्वीकार गर्दै सि जिङ पिङले समय मिलाएर नेपाल भ्रमणमा आउने बताएका हुन् ।

बेइजिङस्थित ग्रेट हल अफ पिपलमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीले नेपाल भ्रमणका लागि गरेको निमन्त्रणापत्र दिएका थिए ।

राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच आधा घण्टा छुट्टाछुट्टै भेटवार्ता भएको थियो । यस्तै प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता ४५ मिनेट भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.