ब्राजिलियन फूटबलर नेयमार अब ओपोको नयाँ फ्रेण्ड, मोबाइलको प्रमोशन गर्ने

  २०७५ असार ६ गते १५:१२     विकासन्युज

काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडरका रुपमा परिचित ओपोले विश्वमै सर्वाधिक लोकप्रिय ब्राजिलियन फूटबलर नेयमारसँग ओपो फ्रेण्डका रुपमा सहकार्यको घोषणा गरेको छ । यस सहकार्यसँगै कन्टेष्ट अवधिभर नेयमारले आपो मोबाइल्सको प्रमोशन गर्नेछन् । यस अघिपनि ओपोले आफ्नो एफसी बार्सिलोना एडिशनको प्रबद्र्धनका लागि नेयमारसंग सहकार्य गरिसकेको छ ।

ओपोका उत्पादनलाई आँफैमा उत्कृष्ट मार्केटिङका रुपमा लिइन्छ । तथापी, कम्पनीले विभिन्न प्ल्याटफर्मको प्रयोग गर्दै यूवा जमातसंग नजिकिन ३६०-कोणमा एकिकृत मार्केटिङको पहल गरिरहन्छ । खेल तथा मनोरञ्जन मार्केटिङको माध्यमबाट यूवा जमातलाई पायकपर्ने टच प्वाइन्ट्सका माध्यमबाट कम्पनी उनीहरुसँग नजिकिन सँधै प्रयत्नरत रहन्छ ।

ओपोले बर्षौको आरएण्डडी पश्चात नेपालमा आर्टिफिसियल ईन्टेलिजेन्स २.०लाई सेल्फी फिचरका रुपमा भित्र्याएकाे हो । यो प्रविधिले वैश्विक डाटाबेस मार्फट २ सय ९६ फेसियल टच प्वाइन्ट्सको माध्यमबाट अनुहारको आकार तथा विशेषताको पहिचान गर्ने क्षमता राख्छ ।

फलस्वरुप एआई प्रविधिमा सेल्फीलाई थप प्राकृतिक र वास्तविक देखाउने तथा ब्यवसायिकले खिचेको जस्तो नतिजा प्रस्तुत हुन्छ । त्रुती रहित सेल्फीका लागि उपभोक्ता समक्ष २५ मेगापिक्सेल क्षताको फ्रण्ट क्यामेरा सहित ओपोले एफसेवेन सार्वजनिक गरिसकेको छ । यसलाई ओक्टा कोर ६४-बीट मिडियाटेक हेलियो पी६० प्रोसेसरले शक्ति प्रदान गरेको कम्पनीले बताएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.