एनएमबी बैंकको एफपीओको सीमा बढ्यो, ५० लाख कित्तासम्म किन्न पाइने

  २०७५ असार ६ गते ८:४५     विकासन्युज

काठमाडौं । लगानीकर्ताले एनएमबी बैंकको थप निष्कासन (एफपीओ) ५० लाख कित्तासम्म खरिद गर्न पाउने भएका छन् । धितोपत्र बोर्डले मंगलबार धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिकामा संशोधन गरेर अधिकतम् सीमा हटाएपछि बैंकले एफपीओ खरिदको अधिकतम सीमा बढाएर ५० लाख कित्ता पुर्याएको हो ।

५० लाख कित्ता एफपीओ खरिद गर्नेले १ अर्ब ६६ करोड ५० लाख रुपैयाँ लगानी गर्नुपर्ने छ । बुधबारदेखि अधिकतम ५० लाख कित्ता एफपीओ खरिदका लागि आवेदन दिन सकिने निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ । एनएमबीको प्राकृतिक व्यक्तिले खरिद नगरेको एफपीओ कर्मचारी संचय कोष र केही बीमा कम्पनीले लिने प्रस्ताव गरेका छन् । अधिकतम सीमा हटेकाले बुधबार वा एक दुई दिनभित्र एफपीओ बिक्री हुने संभावना बढेको छ ।

आइतबारसम्म आईपीओ बिक्री नभएपछि सोमबारदेखि संस्थागत लगानीकर्तालाई खुला गरिएको हो । सीमा बढाए कोष र बीमा कम्पनीले एफपीओ सबै किन्न तयार  छन् । खुलेको छैठौ दिन मंगलबारसम्म २ अर्ब ५ करोड रुपैयाँको आवेदन परेको छ । ५५ हजार आवेदकले ६१ लाख ५६ हजार १५६ कित्तालाई आवेदन परेको छ । एफपीओ ढिलोमा असार २८ गते निष्कासन बन्द हुने कोषले जानकारी दिएको छ ।
बैंकले चुक्तापुँजी बढाउन १०० रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थप गरी ३३३ रुपैयाँमा एफपीओ निष्कासन गर्न लागेको हो । सर्वसाधारणले न्युनतम १० र अधिकतम ५७ हजार ७० कित्ता एफपीओ खरिदका लागि आवेदन दिन सक्ने छन् ।
बैंकले प्रिमियम मूल्यमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गर्नेछ । एफपीओ बिक्रीबाट बैंकले ३ अर्ब ८० करोड १२ लाख रुपैयाँ संकलन गर्नेछ । एफपीओ निष्कासनपछि बैंकको चुक्तापुँजी बढेर ७ अर्ब ६० करोड ३२ लाख रुपैयाँ पुग्ने जानकारी दिएको छ । बाँकी रहेको रकम जगेडा कोषमा जम्मा हुने छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.