२८ वाणिज्य बैंकले ४४ अर्ब प्रोभिजन गरे, ९ महिनामा थपियो ३ अर्ब खराब कर्जा

  २०७५ असार ५ गते १६:४२     विकासन्युज

काठमाडौं । २८ वाणिज्य बैंकहरुको खराब कर्जा बढ्दै गएको छ । बैंकले निर्धारित समय सीमामा ऋण उठाउन नसकेपछि चालु आर्थिक वर्षको ९ महिनामा मात्रै ४४ अर्ब रुपैयाँ कर्जा नोक्सानी व्यवस्था (प्रोभिजिङ) गरेका हुन् । बैंकले आफ्नाे नाफा रकमबाट प्रोभिजिङ गरेका हुन् ।

निर्धारित समयभित्र कर्जा नउठ्ने भएपछि केन्द्रीय बैंकले कर्जा नोक्सानीको व्यवस्था गर्न लगाएको हो । चालु आर्थिक वर्षको ९ महिनामा वाणिज्य बैंकको मात्र कर्जा नोक्सानी बढेको देखिएको छ । गत आर्थिक वर्षमा ४१ अर्ब र सो भन्दा अघिल्लो वर्ष ३५ अर्ब प्रोभिजन गरिएको थियो । ठुलो रकम प्रोभिजिनिङ गर्नुपर्दा बैंकको नाफामा असर गरेको छ । कुल निष्क्रिय कर्जा अनुपात १.७ प्रतिशत छ ।

केन्द्रीय बैंकले तेस्रो मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै वाणिज्य बैंकको असल कर्जा १९ खर्ब ७० अर्ब रुपैयाँ रहेको जानकारी दिएको छ । कुल कर्जा मध्ये ३७ अर्ब रुपैयाँ सुक्ष्म निगरानीमा रहेको केन्द्रीय बैंकले जनाएको छ । ९ महिनामा निष्क्रिय कर्जा बढेर ३३ अर्ब रुपैयाँ पुगेको छ ।

गत वर्ष यस्तो कर्जा २७ अर्ब रुपैयाँ थियो । एक वर्षको अवधिमा यस्तो कर्जा ६ अर्ब रुपैयाँ बढेको राष्ट्र बैंकले जानकारी दिएको छ । निष्क्रिय कर्जा अन्तर्गत खराब कर्जा १५ अर्ब रुपैयाँ छ । केन्द्रीय बैंकले ७ अर्ब रुपैयाँलाई संकास्पद र १० अर्ब रुपैयाँलाई निष्क्रिय कर्जाको रुपमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.