आइएमई लाइफ इन्स्योरेन्सको बिक्री प्रवन्धकमा सिभिल क्यापिटल

  २०७५ असार ५ गते १६:३३     विकासन्युज

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले धितोपत्र निष्काशन तथा कम्पनीको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । उक्त नियुक्ती सम्बन्धी सम्झौतामा आइएमई लाइफ इन्स्योरेन्सका तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र सिभिल क्यापिटल मार्केटका तर्फबाट निमित्त कार्यकारी प्रमुख सुमन आचार्यले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको १०० रुपैयाँ अंकित दरका ६० लाख कित्ता साधारण सेयर निष्काशनको सम्पूर्ण काम बिक्री प्रवन्धक सिभिल क्यापिटलले गर्ने छ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको र उक्त सेयर निष्काशन पश्चात कम्पनीको चूक्ता पूँजी २ अर्ब रुपैयाँ कायम हुने कम्पनीले जनाएको छ । साथै, संस्थापक सेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारणको सेयर स्वामित्व ३० प्रतिशत रहने छ ।

कम्पनीले हालसम्म मुलुकभर ५० शाखा उपशाखा मार्फत बीमा सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.