किमजोङ उन र केपी ओली एकै दिन चीन भ्रमणमा, संयोग कि कम्युनिष्ट सहकार्यको रणनीति ?

  २०७५ असार ५ गते १६:०९     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी ओली र उत्तर कोरियाका सर्वाेच्च नेता किमजोङ उन एकै दिन चीन भ्रमणमा उत्रिएका छन् । प्रधानमन्त्री ओली बेईजिङ उत्रिएकै दिन मंगलबार किमजोङ उन पनि अकस्मात रुपमा २ दिने भ्रमणका चीन आईपुगेका हुन् । ओली पाँच दिनसम्म चीनमा रहेछन् भने किमजोङ उन दुई दिन मात्रै चीन भ्रमण्मा रहनेछन् ।


चीनले विश्भरका बामपन्थी।कम्युनिष्ट सरकारहरुबीच रणनीतिक सहकार्यका लागि वातावरण बनाईरहेको छ ।लामो समयदेखि कम्युनिष्ट अधिनायकवादी शासन सञ्चालन हुँदै आएको उत्तर कोरियालाई पश्चिमा मुलुकहरुले नाका बन्दी लगाउँदै आएका थिए । उत्तर कोरियाले चीनकै सल्लाह अनुसार भर्खरै मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गरेर विश्व राजनीतिक मञ्चमा आफ्नो उपस्थिती देखाएका छन् । सो वार्तापछि नै उत्तर कोरियामाथी लगाइएको नाका बन्दी खुल्ला गर्न दबाव दिने चिनियाँ रणनीति रहेको बिश्लेषकहरुले बताएका छन् । किमजोङ उनले पछिल्लो तीन महिनामै तेश्रो पटक चीन भ्रमण गरेका हुन् ।

नेपालका प्रधानमन्त्री केपी ओली र उत्तर कोरियाका सर्वाेच्च नेता किमजोङ उन एकै पटक चीन भ्रमणमा पुग्नु संयोग हो वा चीनको रणनीतिक योजना ? यसको छिनोफानो भने एकाध दिनभित्रै लाग्नेछ । यस अघि पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले उत्तर कोरियाको भ्रमण गरेका थिए । उनको भ्रमण रोक्न यरोपियन युनियन तथा अमेरिकी कुटनीतिज्ञहरुले प्रयास गरेका थिए ।

एकै पटक चीन पुगेका ओली र किमजोङ उनको भेट गराएर चीनले संसारभर कम्युनिष्ट सरकारहरुबीच सहकार्यको सन्देश दिन सक्ने सम्भावना रहेको छ । यद्यपी किमजोङ उन र केपी ओलीको एकै पटक सुरु भएको चीन भ्रमणका बारेमो चिनियाँ सञ्चार माध्यमहरुले भने अझैसम्म केहि बोलेका छैनन् ।

के भन्छन् नेकपाका नेता
किम जोङ उन र केपी ओलीको एकै पटक भएको चीन भ्रमणलाई जोडर हेर्न नहुने चीनका लागि पूर्व नेपाली राजदुत तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रिय सदस्य टंक कार्कीले बताए । ‘ओली र उनको भ्रमण कागताली मात्रै हो, यसमा गोरु बेचेको साईनो पनि छैन्, सिंगापुर वार्ताको उपलब्धिबारे छलफल गर्न उन अकस्मात रुपमा चीन पुगेका हुन, ओलीको भ्रमणमा तालिका अनुसार नै भएको हो ।’, कार्कीले भने ।

उनले चीनमा विश्व राजनीतिक घट्नाक्रमलाई नै प्रभावित पार्ने सिंगापुर वार्ताको उपलब्धि खोज्ने बताउँदै कार्कीले भने–‘उनले ट्रम्पसँगको वार्ताको उपलब्धि खोज्नेछन्, ओली भने द्धिदेशिय सम्बन्ध सुधार र विकास निर्माणमा सहकार्यको एजेण्डा बोकेर चीन पुगेका हुन, उनीहरुबिच भेट हुने सम्भावना छैन ।’

प्रधानमन्त्री ओलीले यथेष्ठ तयारी नगरि चीन भ्रमण गरेको पनि कार्कीले बताए । ओलीले अघिल्लो पटकको भ्रमणमा गरिएका सम्झौताहरुको कार्यान्वयनका लागि अहिलेको भ्रमणमा जोड दिने पनि कार्कीको ठम्याई छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.