शेखर गाेल्छाकाे छाेरा अभिमन्युले लिए यूरोग्रीपकाे व्यापार, वाइकमा राजपछि टायरमा हात

  २०७५ असार ५ गते १५:२०     विकासन्युज

अभिमन्यु गोल्छा

काठमाडौं । दुई पाङ्ग्रे सवारीकाे व्यापार गर्दै अाएकाे हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले टायर व्यापारमा हात हालेकाे छ । यसअघि सूर्य डिष्ट्रिव्यूटरले बिक्री गर्दै अाएकाे यूरोग्रीपकाे व्यापार शेखर गाेल्छाकाे कम्पनी हंशराज हुलासचन्दले लिएकाे हाे ।

बजाज ब्राण्डकाे माेटर साइकलकाे बिक्री र सर्भिस मार्फत बाइककाे बजारमा अग्रस्थानमा अाएपछि याे कम्पनीले टायर व्यापारमा हात हालेकाे हाे । टायरकाे व्यापार शेखर गाेल्छाकाे छाेरा अभिमन्यु गाेल्छाले सम्हालेका छन् ।

दुई महिनाअघि कम्पनीले यूरोग्रीपका टायर नेपाली बजारमा बिक्री गर्ने अधिकार लिएकाे यूरोग्रीपका म्यानेजर वाशु श्रेष्ठले बताए । उनले दुई पाङ्ग्रे सवारी बिक्री गर्दै आएको कम्पनीले सवारी चालकहरुको माग र बजारलाई ध्यानमा राखेर विश्व बजारमा चर्चित टायर यूरोग्रीप नेपाली बजारमा बिक्री थालेकाे बताए ।

‘सार्वजनिक गरिएको टायर ओर्जीनल फीटमेन्ट, रबर कम्पाउन्ट हाई क्वालीटीको, एक्स्ट्रा लाईभ, प्याट्रन सडक सुहाउँदो लगायतका विशेषताहरु छन्,’ उनले भने ‘जसबाट टायर मोटरसाइकलकाे लागि लामो अबधिसम्म टिकाउ हुन्छ ।’ उनका अनुसार अहिले कम्पनीले सो टायर विभिन्न बजाजको डीलरशिप र आधिकारीक सर्भिस सेन्टरमार्फत बिक्री गरिरहेका छ ।

डिलर्स लिन इच्छुकहरुलाई कम्पनीले सम्पर्कको लागि आह्वान पनि गरेको छ । उपत्यकाभित्र काठमाडौं, भक्तपुर, बनेपा र ललितपुरको लागि इच्छुकहरुले डिलर्सकाे लागि सम्पर्क गर्न सक्ने यूरोग्रीपका म्यानेजर श्रेष्ठले बताए ।

त्यस्तै, उपत्यका बाहिरको लागि बीरगन्ज, कलैया, गरुडा, हेटौडा, नारायणघाट, निजगढ, जनकपुर, बिर्तामोड, दमक, इटहरी, धरान, विराटनगर, लाहान, राजविराज, नेपालगन्ज, दाङ, वुटवल, भैरहवा, पोखरा र दमौलीको लागि पनि डिलर्स लिन इच्छुकहरुले सम्पर्क गर्न सक्ने छन् । म्यानेजर श्रेष्ठले साउनदेखि मुलुकको विभिन्न ठूला उल्लेखित सहरहरुका डिलर्सहरुबाट यूरोग्रीप टायरको बिक्री शुरु हुने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.