एभरेष्ट फ्लोरिडा, न्यू समिट र यूनिभर्सल कलेज मर्ज हुँदै, कसकाे सेयर कति हुने ?

  २०७५ असार ५ गते १२:२३     विकासन्युज

काठमाडौं । एभरेष्ट फ्लोरिडा, न्यू समिटि र यूनिभर्सल कलेज मर्ज हुने भएका छन् । तीन शैक्षिक संस्था मर्ज गर्न मर्जर समिटि गठन भई काम शुरु भएको छ ।

तीन शैक्षिक संस्थाको फरक फरक सामाथ्र्य मर्ज गरी राम्रो र बलियो शैक्षिक संस्था बनाउने उदेश्यले मर्जको तयारी भईरहेको स्रोतले बतायो ।

नयाँ बानेश्वरस्थित एभरेष्ट फ्लोरिडासँग सुविधा सम्पन भवन छ । न्यू समिट कलेजले त्रिभुवन विश्व विद्यालयबाट बीएससी/सीएचआईटी विषय अध्यापन गर्ने अनुमति पाएको छ । त्यस्तै, मैतिदेबीमा अवस्थित यूनिभर्सल कलेजले त्रिभुवन विश्वविद्यालयबाट बीबीए विषय अध्ययन गर्न अनुमति पाएको छ ।

‘हामी मध्ये कसैसँग खास विषय पठाउने अनुमति छ तर उचित पूर्वाधार छैन, कोहीसँग उचित पूर्वाधार छ तर लाईसेन्स भएन । मर्ज हुँदा उचित पूर्वाधार पनि हुने भयो, पढाउने विषय पनि भयो’ एक कलेजको कार्यकारी प्रमुखले मर्जपछिको कलेजले पाउने सिनर्जीबारे बताए ।
पछिल्लो ६ वर्षयता विश्वविद्यालयहरुले नयाँ विषय अध्यापनको लागि अनुमति नदिएका कारण धेरै कलेजहरु क्षमता विस्तार गर्ने अवसरबाट बञ्चित भएको जानकारहरु बताउँछन् ।

एभरेष्ट फोरिडाबाट शिशिर उप्रेति, न्यू समिटबाट रामेश्वर अर्याल, यूनिभर्सलबाट शिवदत्त ज्ञवाली रहनेगरी मर्जर समिति बनेको छ । मर्जर समितिले तीन वटा कलेजबीच बराबर सेयर हिस्सा रहनेगरी मर्जरको स्वाप रेसियो तयार गर्दैछ ।

शैक्षिक संस्थाहरु मर्ज गर्ने विषयमा स्पष्ट कानुनी व्यवस्था नभएकोले प्रक्रिया केही लामो भएको स्रोतले बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.