संचय कोषले निगमलाई एयरबसको अन्तिम किस्ता भुक्तानी गर्न बुधबार ८ अर्ब दिदै, एक सातामा विमान आउने

  २०७५ असार ५ गते १८:५९     खेमराज श्रेष्ठ

काठमाडौं । अर्को साता नेपालमा आउने एयरवस खरिदको अन्तिम किस्ता भुक्तानीका लागि कर्मचारी संचय कोषले नेपाल वायुसेवा निगमलाई बुधबार ८ अर्ब रुपैयाँ दिने भएको छ । असार १४ गते बुधबार २६७ सिट क्षमताको एयरबस नेपालमा अवतरण गर्दैछ ।

जहाज कम्पनीलाई अन्तिम वक्यौता भुक्तानी गर्न निगमलाई ८ अर्ब दिन लागेको संचय कोषका प्रशासक तुल्सी गौतमले बताए । कोषले दिने ऋण रकम निगमले जहाज बिक्रेता कम्पनी एएआर कर्पोरेसनलाई बुझाउने छ । एयरबस खरिद गर्न कोषले निगमलाई १२ अर्ब रुपैयाँ ऋण दिने सहमति गरेको थियो । गौतमका अनुसार विमान खरिदका लागि ४ अर्ब पहिले नै प्रदान गरिसकेको छ ।

सरकारको जमानतमा कोषले जहाज खरिदको लागि १२ अर्ब रुपैया ऋण दिने सहमति गरेको थियो । कोषले प्रदान गर्ने ऋण रकमको ब्याजदर ९ प्रतिशत रहेको छ । सहमति अनुसार जहाज खरिदको लागि प्रदान गर्ने रकमको ब्याजदर पहिलो व्यवसायिक उडान नभएसम्मको लागि परिवर्तन नहुने व्यवस्था गरिएको छ । उक्त जहाज खरिदको लागि कोषले उपलब्ध गराएको ऋणको भुक्तानी अवधि १५ बर्षको राखिएको छ ।

निगमले ल्याउने २ वटा विमानको लागि बैना स्वरुप ८ अर्ब पहिले नै प्रदान गरिसकेको निगमका प्रवक्ता रबिन्द्र श्रेष्ठले बताए । अब कर्पोरेशनलाई निगमले दोस्रो एयरबसका लागि ८ अर्ब तिर्न बाँकी रहेको छ ।

एउटा एयरबस १४ गते र अर्को एक महिनापछि ल्याउने तयारी भएको निगमका प्रवक्ता श्रेष्ठले बताए । ‘विमान आएको ३ हप्ता आन्तरिक काममा व्यस्त हुन्छौं, ४ हप्तापछि विमानलाई दुबैको दोहामा उडान गर्ने तयारी गरेका छौं प्रवक्ता श्रेष्ठले विकासन्युजसँग भने ।

उनका अनुसार २ वटा एयरबस सञ्चालन गर्नका लागि १२ जना को पाइलट र २ जना सिनयर पाइलटको आवश्यक पर्छ । जसमध्ये ६ जना को पाइलटको तयार भैसकेका छन् ।

निगमले अमेरिकन लिजिङ कम्पनी एएआर कर्पोरेसनलाई एयरबस ३३० र २०० सिरिजको विमान ल्याउन जिम्मा दिएको छ । श्रेष्ठका अनुसार नयाँ जहाजका लागि क्याप्टेन पाइलटको व्यवस्था एएआर कर्पोरेशनले नै गर्नेछ । नयाँ विमानले जापानको ओसाका, कोरियाको सिउल, र साउदी अरबको रियादमा उडान भर्नेछ ।

निगमले थप्न लागेको अर्को नयाँ न्यारोबडी ३२० अग्रेजी वर्ष २०१९ सम्ममा आइपुग्नेछ । १५६ सिट क्षमताको जहाज आएपछि ठूला एयरबसलाई लामो दुरीको उडान भर्ने जिम्मा दिइनेछ ।

निगमसँग राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान भर्ने ७४ जना पाइलट रहेका छन् । २९ जनाले आन्तरिक उडान भरिरहेका छन् । भने ४५ जना अन्तराष्ट्रिय उडान भर्ने पाइलट रहेको छन् ।

हाल ६ वटा साना र ३ वटा ठुला विमान रहेको निगमसँग ६ साना विमानले देशभित्र विभिन्न २२ स्थानमा उडान भरिरहेका छन् । हप्तामा सेक्टर हेरी १ देखि ३ उडान गरिहेको छ । यस्तै एक महिनापछि आउने जाहाका लागि नागरिक लगानी कोषले ८ अर्ब रुपैया दिने भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.