वित्तीय क्षेत्रमा वेथितीः ३ % ब्याजमा पैसा उठाउँदै राष्ट्र बैंक, १२.५ % मा निक्षेप खोज्दै बैंक

  २०७५ असार ५ गते ९:५७     विकासन्युज

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमा फेरी एक पटक अस्वभाविक घट्नाक्रम उत्पन्न भएको छ । राष्ट्र बैंकले बजारमा अधिक तरलता भएको बताउँदै पैसा उठाउन लागेको छ । बाणिज्य बैंकहरुले उच्च ब्याजदरमा निक्षेप आव्हान गरेका छन् । यति मात्र हैन बैंक बढी ब्याज दिने प्रस्ताव लिएर संस्थापक निक्षेपकर्ताकोमा पुगेका छन् ।

मंगलबार राष्ट्र बैंकले ३ प्रतिशत ब्याजदरमा १० अर्ब रुपैयाँ उठाउँदैछ । तर बैंकहरुले भने तरलता अभाव भएको बताउँदै १२.५ प्रतिशत ब्याजदरमा निक्षेप आव्हान गरिरहेका छन् । नियामक निकायले अधिक तरलता देखाउने तर बैंकहरुले तरलता अभाव भन्ने अवस्था किन आयो ? राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापा भन्छनः “अधिक तरलताले अन्तर बैंक ब्याजदर घटेर २.९९ प्रतिशतमा झरेपछि केन्द्रीय बैंकले प्रशोचन गर्न लागेको हो ।”

अन्तर बैंक ब्याजदर घटेपछि प्रणालीमा अधिक तरलता रहेको बुझाइ केन्द्रीय बैंकको छ । अन्तर बैंक ब्याजदर ५ प्रतिशत माथि पुगे केन्द्रीय बैंकले पैसा पठाउने र ३ प्रतिशत तल झेरमा बजारबाट पैसा तान्ने गर्दै आएको छ ।

उनकाअनुसार सोमबारसम्म बैंकिङ प्रणालीमा ४० अर्ब रुपैयाँ अधिक तरलता छ । ब्याजदर करिडोर अन्र्तगत केन्द्रीय अन्तर बैंक ब्याजदर ५ प्रतिशत नाघेपछि केन्द्रीय बैंकले बजारमा पैसा पठाउने र ३ प्रतिशत भन्दा कम भए बैंकबाट पैसा तान्ने गरिन्छ ।
राष्ट्र बैंकले अधिक तरलता हुदा अन्तर बैंक ब्याजदर घटेको भन्दै बजारमा पैसा तान्ने तयारी गर्दा बैंकहरु संस्थागत निक्षेपकर्ताबाट महंगो ब्याजमा निक्षेप उठाइ रहेका छन् । पछिल्लो समयमा केही बैंकले मुद्धति निक्षेपको ब्याजदर बढाएर साढे १२ प्रतिशतसम्म पुर्याइसकेका छन् ।

साधारण वचतको ब्याजदर पनि बढेर ८ प्रतिशत नाघेको छ । केही बैंक मुद्धतिमा १४ प्रतिशत ब्याज दिने भन्दै निक्षेप तान्न कर्मचारी संचय कोष र नागरिक लगानी कोष पुगेका छन् । निक्षेप बढाउन बैंकले महंगो ब्याददरमा निक्षेप उठाउन बढी ब्याजदर प्रस्ताव गरिरहेको छ ।

बढी ब्याज दिने आकर्षक योजना लिएर बैंक निक्षेप लिन आएको कर्मचारी संचय कोषका प्रशासक तुल्सी गौतमले बताए । “यो ब्याजदर धेरै भएकाले १२ प्रतिशत भन्दा बढी हुदैन भन्ने हाम्रो मान्यता हो” उनले भने “नेपाल वायुसेवा निगमलाई ८ अर्ब रुपैयाँ ऋण दिनुपर्ने भएकाले तत्काल बैंकमा ऋण लगानी गर्ने पैसा छैन् ।”

वाणिज्य बैंकहरुले ब्याजदर १२ प्रतिशत प्रस्ताव गरेको नागरिक लगानी कोषको कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले बताए । सबै बैंकलाई समानुपातिक रुपमा निक्षेप रकम दिएको उनको भनाई छ ।

यता सेन्चुरी कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तुल्सिराम गौतम केही बैंकलाई तरलताको अवस्थामा सहज भएपनि अधिकाँशलाई समस्या देखिएको बताउछन् । “निक्षेप बढाउन व्यक्तित मुद्धतिमा साढे १२ प्रतिशतसम्म ब्याज दिएर रकम उठाउदै छौं” उनले भने “तरलताको अवस्था सहज भएको भए यति महंगो ब्याजदरमा निक्षेप उठाउनु पर्ने थिएन् ।” तरलताको समस्यालाई समग्रता हेरिनु पर्ने उनी बताउछन् ।

ब्याजदर करिडोर नीतिअनुसार केन्द्रीय बैंकले बैंकिङ प्रणालीमा तरलता अधिक भए विभिन्न वित्तीय औजारमार्फत प्रशोचन र कम भएमा रिपोमार्फत बजारमा पठाउने गरेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.