नेकपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी माधव नेपाललाई

  २०७५ असार ५ गते ९:१९     विकासन्युज

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को कार्यवाहक अध्यक्षको जिम्मेवारी माधव नेपालले पाएका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पाँच दिने चीन भ्रमणमा गएपछि बरिष्ठ नेता नेपालले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन् ।

अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल पनि विदेशमै भएकाले बरिष्ठ नेता नेपाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिईएको नेकपाका केन्द्रिय सदस्य बिष्णु रिमालले जानकारी दिए ।

त्यस्तै, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षा मन्त्री ईश्वर पोखरेलले पाएका छन् भने नेकपाको संसदिय दलको कार्यवाहक नेताको जिम्मेवारी भने सुवासचन्द्र नेम्वाङले पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.