सीतापाइलामा एभरेष्ट बैंकको शाखा

  २०७५ असार ४ गते १८:३५     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले काठमाडौंको सीतापाइलामा आफ्नो शाखा विस्तार गरेको छ । बैंकले विभिन्न स्थानहरुमा आफ्नो शाखा विस्तार गर्दै जाने क्रममा सो स्थानमा नयाँ शाखा खोली कारोबार शुरु गरेको हो ।

उक्त शाखाको उद्घाटन पंजाब नेशनल बैंकका कार्यकारी निर्देशक तथा एभरेष्ट बैंकका निर्देशक, एल.भि. प्रभाकरले गरेका हुन् ।

हाल बैंकले ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम मार्फत बैंकिङ् सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.