सनराइज बैंककाे बिरामी ग्राहक श्रेष्ठले पाइन् बीमा रकम भुक्तानी

  २०७५ असार ४ गते १७:५८     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडले “स्वास्थ्य बीमा सुविधा” अन्तर्गत न्युरोड शाखाका ग्राहक अम्बिका मैंया श्रेष्ठलाई ४ हजार २१६ रुपैयाँ बराबरको रकम प्रदान गरेको छ । बैंकका वरिष्ठ प्रबन्धक प्रितमलाल श्रेष्ठले बिरामी ग्राहक श्रेष्ठलाई अस्पताल भर्ना हुँदा लागेको सो मात्राको उपचार खर्च दिएका हुन् ।

यस बीमा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च रु. १ लाखमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५ प्रतिशत वा विल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइनेछ ।

साथै, बैंकले देशभरका ७० भन्दा वढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउंदा ५ देखि २० प्रतिशतसम्म छुट उपलब्ध हुने व्यबस्था मिलाइएको छ । बैंकले बचत खातामा रहेको मौज्दातको ४ गुणा वा ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा पनि प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.