सामूहिक र सुविधा सम्पन्न आवासप्रति मानिसको आकर्षण बढेको छ- सुष्मा राई

  २०७५ असार ४ गते १७:२८     विकासन्युज

सुष्मा राई, मार्केटिङ अफिसर, डाउनटाउन हाउजिङ कम्पनी

प्रोपर्टी एक्स्पोमा यहाँको कम्पनीले के कस्ता योजना ल्याएको छ ?

अहिले डाउनटाउन हाउजिङको ३ वटा आवासीय आयोजना रहेका छन् । सानेपामा सिटी भ्यु अपार्टमेन्ट, खुमलटारमा डाउनटाउन अपार्टमेन्ट र इमाडोलमा डाउनटाउन रेसिडेन्सी रहेका छन् । सिटि भ्युका सबै अपार्टमेन्ट बिक्री भइसकेका छन् । यस्तै, अहिले डाउनटाउन अपार्टमेन्ट र डाउनटाउन रेसिडेन्सीमा बिक्रीमा रहेका छन् । डाउनटाउन अपार्टमेन्टमा २७० अपार्टमेन्ट छन् । त्यसमा ५० प्रतिशत भन्दा बढी अपार्टमेन्ट बिक्री भईसकेका छन् । डाउनटाउन रेसिडेन्सीको निर्माण कार्य ६ महिनाअघि शुरु भएको छ । ६० वटा घरहरु छन् । यसको पनि ५० प्रतिशत बुकिङ भईसक्यो ।

डाउनटाउन रेसिडेन्सीमा ३ प्रतिशत छुट र फुल्ली फर्निसिङको व्यवस्था गरिएको छ । अपार्टमेन्टमा ५ प्रतिशत छुट र पुरै फर्निस छ । अपार्टमेन्टमा रेन्टल सुविधा पनि छ । ३ बेडमा ४० हजार, २ बेडमा ३० हजार र १ वेडमा २० हजार मासिक रेन्टल सुविधा छ । यस्तो सुविधा हामीले ३ वर्षको लागि दिएका छौं । भाडामा नगए पनि हामीले प्रतिवद्धता गरेअनुसार रकम भुक्तानी दिन्छौं । लगानीको दृष्टिकोणले अपार्टमेन्ट खरिद गर्नेहरुको लागि यो सुविधा निकै राम्रो छ ।

एउटा अपार्टमेन्टको मूल्य कति छ ?

१ बेड रुम अपार्टमेन्टको मूल्य ५४ लाखदेखि सुरु भएर ६७ लाख ५० हजार रुपैयाँसम्म पर्छ । २ वेड रुम अपार्टमेन्टको करिब ९६ लाख रुपैयाँसम्म पर्छ । ३ वेड रुम अपार्टमेन्टको १ करोड २२ लाख रुपैयाँसम्म पर्छ । १ बेड रुम अपार्टमेन्टको स्पेश ५५० देखि ७०० स्क्वारफूट हुन्छ । २ बेड रुममा १०४८ स्क्वारफूट हुन्छ र ३ बेड रुममा भने स्पेस फरक फरक छ ।

घरको मूल्य कति छ ?

डाउनटावउन रेसिडेन्सी सबैभन्दा कम जग्गामा बनेको घर भनेको ३ आना १ पैसा क्षेत्रफलमा हो । ३ आना १ पैसा क्षेत्रफलमा बनेको सबै घर बिक्री भईसकेका छन् । डाउनटाउन रेसिडेन्सीमा हाल न्युनतम ४ आनामा बनेका घरहरु छन् जसको क्षेत्रफल २३०० स्क्वारफिट छ । यो घरको मूल्य २ करोड ८२ लाख रुपैयाँ छ । यो मूल्यमा ३ प्रतिशत छुुट छ । घर पुरै फर्निसिङ भएको हुन्छ । १० आनामा बनेको घरको मूल्य ५ करोड ३५ लाख रुपैयाँसम्म पर्छ ।

त्यसमा सुविधाहरु के के छन् ?

यसमा स्वीमिङ पुल छ, जीम हल छ । फार्मेसी छ, ग्रोसरी छ, एटीएम मेसिन छ । केटाकेटी खेल्ने ठाउँछ । मन्दिर छ । अन्य मनोरन्जनात्मक सुविधा छ । डाउनटाउन रेसिड्यान्सीमा सोलार प्यानल राखेका छौं ।

डाउनटाउन अपार्टमेन्टमा पाउनाको लागि भिन्नै गेष्ट वेड रुम पनि छ । गार्डेन छ, प्ले ग्राउण्ड, वार्किङ स्पेस छ । प्रत्येक टावरमा ३ वटा लिफ्ट छ । एउटा लिफ्ट सर्भिस डेलिभरीको लागि हो । सुरक्षाको राम्रो प्रबन्ध गरिएको छ ।

कति महिनामा निर्माण कार्य सम्पन्न हुँदैछ ?

डाउनटाउन अपार्टमेन्टको काम ६ महिनामा तयार भइसक्ने छ । डाउनटाउन रेसिडेन्सीको निर्माण कार्य आगामी १८ महिनामा सम्पन्न हुनेछ ।

पछिल्लो समयमा अपार्टमेन्ट र रेसिडेन्सीको बिक्री कस्तो छ ?

अपार्टमेन्ट र रेसिडेन्सियल दुबै बिक्री राम्रो छ । हामीले रेसिडेन्सीको काम सुरु गरेको ६ महिना भयो । ५० प्रतिशत बिक्री भइसकेको छ । यो धेरै राम्रो संकेत हो । मानिसहरु व्यस्त छन् । बढी भन्दा बढी समय विजनेशन विस्तार गर्न वा आम्दानी वृद्धि गर्न मानिसहरु समय दिन्छन् । राम्रो कमाउने, राम्रो ठाउँमा घर तथा अपार्टमेन्ट किनेर बस्ने अभ्यास बढ्दो छ । अपार्टमेन्ट वा रेसिडेन्सी जे भए पनि त्यहाँ आधुनिक सुविधाहरु हुन्छ । नयाँ सोच भएको, स्मार्ट लाईफ विताउनेहरु हुन्छन् । त्यसैले व्यवस्थित तथा सामूहिक आवास क्षेत्रमा मानिसहरुको आकर्षण बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.