कर छुटपछि विद्युतीय गाडी बिक्री बढ्याे, पूर्व राजा ज्ञानेन्द्र शाहले पनि किने २ वटा विद्युतीय कार

  २०७५ असार ४ गते १७:१९     पृथराज थेगिम

काठमाडौं । सरकारले विद्युतीय सवारी प्रयाेगलार्इ प्राेत्साहित गरे पछि यस्ताे सवारीकाे बिक्री बढेकाे छ । यस्ताे सवारीमा अाैषत मान्छेकाे भन्दा ठूलाबढाकाे अाकर्षण बढेकाे छ । गाडीमा साैखिन पूर्व राजा ज्ञानेन्द्र शाह पनि विद्युतीय कार  चढ्न थालेका छन् ।  शाहले विद्युतिय कार किया सोल इभी चढिरहेका छन् ।


किया मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका सेल्स एक्जुकेटीभ अशोक पण्डितका अनुसार शाहले  प्रति कार ५८ लाख रुपैंयाँ तिरेर २ वटा विद्युतीय कार लगेका हुन् ।  ‘उहाँले ५८ लाख रुपैयाँ मूल्यको दुई वटा सोल इभी सीयूभी(कम्प्याक्ट यूटिलिटी भेहिकल) खरिद गर्नुभएको थियो,’ उनले भने ‘उक्त गाडी फुल अप्सनको सनरुफ सीयूभी हो’ उनले सुनाए ।

उनका अनुसार सोही मोडलको सीयूभी एक वर्षअघि पूर्व सचिव रामेश्वर खनालले पनि किनेका छन् । वल्र्ड वाइड फण्ड फर नेचर(डब्ल्युडब्ल्युएफ)ले समेत त्यस्तै २ वटा भेहिकल किनेको छ। उनले नेपालमा उच्च सरकारी अधिकारी, विभिन्न गैरसरसकारी, व्यवसायी तथा सर्वसाधारणहरुले विद्युतीय गाडी खरिद गर्ने थालेका छन् ।


अहिले कम्पनीले उक्त गाडीकाे स्टल घरजग्गा मेलामा समेत राखिएकाे छ । सवारी पारखिहरुकाे ध्यान उक्त स्टलतर्फ तानिएको देखिन्छ । ‘हामीले गएको ४ दिनभित्र करिब ८ वटा विद्युतीय गाडीको बुकिङ गरेका छौं,’सेल्स एक्जुकेटीभ पण्डित भने । मेला अवधिमा बुकिङ गर्ने ग्राहकको लागि २ लाखसम्म छुट अफर रहेको उनले सुनाए ।

उनले काठमाडौंमा मात्रै मासिक १० ओटा विद्युतीय कार बिक्री भइरहेको बताए । उनको अनुसार करिब ३ वर्षको दौरानमा मुलुकभर १२० को संख्यामा सोल इभी बिक्री भइसकेको छ । ‘प्रत्येक वर्ष दोब्बरको संख्यामा गाडीको बिक्री बढेको छ,’ उनले भने । त्यसमध्ये पनि करिब ८० प्रतिशत सन रुफ  गाडीलार्इ सवारी पारखीहरुले रोजेका छन् ।

विद्युतीय गाडीप्रति बढ्दो आकर्षण 

सरकारले विद्युतीय गाडीको आयातमा विभिन्न सहुलियत प्रदान गरेको छ । भन्सार, अन्तशुल्क, वीमा लगायतमा त्यस्ता सहुलियतकाे  व्यवस्था गरेकाे हाे । कम्पनीका सेल्स एक्जुकेटीभ पण्डितले भने, ‘पेट्रोल/डिजेलको गाडी आयात गर्दा २४६ प्रतिशत भन्सार लाग्छ,’ उनी थप्छन्  ‘तर विद्युतीय गाडीको आयातमा २४ प्रतिशत मात्रै भन्सार तिर्नु पर्छ ।’ साथै वीमा शुल्क पनि पेट्रोलियम गाडीको तुलनामा विद्युतीय गाडीमा १५ प्रतिशत कम लाग्छ । त्यसबाहेक वार्षिक तिर्नु पर्ने सडक दस्तुर तिर्नु पर्दैन, प्रदुषण लगायत विभिन्न थप शुल्क बेहोर्नु पर्दैन । उनका अनुसार पेट्राेलियम गाडीमा सरह भन्सार, अन्तशुल्क, सडक दस्तुर लाग्ने हाे भने ५८ लाख रुपैयाँ मूल्य पर्ने सोल इभीको मूल्य करोड नाघ्थ्याे ।

त्यो बाहेक विद्युतीय गाडी वातावरणमैत्री हुन्छ । ध्वनी, वायू प्रदुषण गर्दैन । खर्च कम गर्छ । पेट्रोलबाट चल्ने गाडीमा १ किलोमिटर बराबर करिब १२ रुपैयाँ पेट्रोल खर्च लाग्छ भने विद्युतबाट चल्ने गाडीको लागि  प्रतिलिटर २ रुपैयाँ मात्रै चार्ज खर्च लग्ने सेल्स एक्जुकेटीभ पण्डितले बताए । ‘यी विभिन्न गाडीकाे सकरात्मक पक्षकाे  कारणले गर्दा पनि पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व सचिव रामेश्वर खनाल लगायतका उच्च व्यक्तीत्वहरुको रोजाईमा विद्युतीय गाडी पर्न गएको हो,’ उनले भने ।


सोल इभी सीयूभी बारे

इन्टरकन्टिनेन्टलले तीन वर्षअघिदेखि विद्युतिय गाडी बिक्री गर्न शुरु गरेको हो । द न्यू किया सोल इभी (सीयूभी) त्यसै मध्येको कार हो । यसमा दुई अप्सन छ । एउटामा सन रुफ छैन भने अर्कोमा छ । सन रुफ नभएको कारको बजार मूल्य ५६ लाख रुपैयाँ छ भने सनरुफ भएको कारको मूल्य ५८ लाख रुपैयाँ पर्छ ।

गाडीमा अटोमेटिक गियर, ड्राइभ पावर स्ट्रेरिङ, क्रज कन्ट्रोल, भेन्टिलेशन सिट, इलेक्ट्रोनिक विण्डो, वुट स्पेस २५० लिटर, ग्राउण्ड क्लियरेन्स १६२ एमएम, ५ जना सहजै चढ्न सकिने लागयतको फिचर्सहरु राखिएको छ ।

त्यस्तै सेफ्टीमा ६ ओटा एयरब्याग, इलेक्ट्रीङ पार्किङ, एबीएस(एन्टीलक ब्रेक सिस्टम), इबीडी(इलेक्ट्रीक ब्रेक डिस्ट्रीब्युशन), ट्रयाक्शन कन्ट्रोल, हिल एसिस्ट, पार्किङ सेन्सर लगायत छन् ।

इन्टरटेन्मेन्टमा रियरभ्यू क्यामेरा, जेबीएल साउण्ड सिस्टम, यूएसबी भिडियो चलाउन सकिने व्यवस्था लगायत गरिएको छ ।


गाडीमा २७ किलोवाटअावरको ब्याट्री भने ८१.४ किलोवाट पावरको मोटर जडान गरिएको छ । सामान्यतया १६ एम्पीयर पावर भएको विद्युतबाट गाडीको ब्याट्री फुल चर्ज गर्न १० देखि १२ घन्टामा लाग्छ भने डिसी फास्ट चार्जबाट ३३ मिनेटभित्रे फुल चार्ज भइसक्छ । ब्याट्र फुल चार्ज गर्नको लागि २७ युनिट विद्युत खपत हुने कम्पनीको भनाइ छ ।

कम्पनीको अनुसार गाडीमा फुल ब्याट्री चर्ज गर्न करिब २७० रुपैयाँ खर्च लाग्छ । त्यसबाट गाडी १८० किलोमिटरसम्म गुडाउन सकिन्छ । त्यस हिसाबमा प्रतिकिलोमिटर करिब २ रुपैयाँ मात्रै विद्युत खर्च लाग्ने गरेको छ ।

सोल इभीको खरिदमा कम्पनीले ३ वर्ष अथवा १ लाख किलोमिटर र ब्याट्रीमा ७ वर्ष वारेन्टी दिने कम्पनीका सेल्स एक्जुकेटीभ पण्डितले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.