अधिक तरलता भएपछि अन्तर बैंक ब्याजदर घटेर २.९९ प्रतिशतमा, केन्द्रीय बैंकले मंगलबार १० अर्ब उठाउदै

  २०७५ असार ४ गते १६:४४     विकासन्युज

काठमाडौं । अधिक तरलताले अन्तर बैंक ब्याजदर घटेर ३ प्रतिशत तल झरेपछि नेपाल राष्ट्र बैंकले मंगलबार बैंकिङ प्रणालीबाट १० अर्ब रुपैयाँ उठाउने भएको छ । अन्तर बैंक ब्याजदर २.९९ प्रतिशतमा झरेपछि यसलाई नियन्त्रण गर्न केन्द्रीय बैंकले दुइ साताका लागि मुद्धति निक्षेप उपकरणमार्फत बजारबाट पैसा उठाउन लागेको हो । बैंकिङ प्रणालीमा ४० अर्ब रुपैयाँ अधिक तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले बढीमा ३ प्रतिशत ब्याज तिरेर रकम उठाउने भएको हो । यो रकम असार १९ गते परिपक्व हुने छ । ब्याजदर करिडोर नीतिअनुसार केन्द्रीय बैंकले बैंकिङ प्रणालीमा तरलता अधिक भए विभिन्न वित्तीय औजारमार्फत प्रशोचन र कम भएमा रिपोमार्फत बजारमा पठाउने गरेको छ ।

चालु आर्थिक वर्षको अन्तिम महिना भएकाले सरकारी खर्च बढेपछि बैंकिङ प्रणालीमा तरलता बढेको केन्द्रीय बैंकको भनाई छ । अन्तर बैंक ब्याजदर ५ प्रतिशत नाघेपछि केन्द्रीय बैंकले बजारमा पैसा पठाउने र ३ प्रतिशत तल झरेपछि बजारबाट तरलता प्रशोचन गर्दै आएको छ । तरलता बढी भएमा केन्द्रीय बैंकले बैंकसंग ३ प्रतिशत र कम भएमा ५ प्रतिशत ब्याजमा बैंकलाई तरलता प्रवाह गर्छ ।

गत बैंशाखसम्म केन्द्रीय बैंकले खुलाबजार कारोबारका विभिन्न उपकरणहरुमार्पmत् पटक–पटक गरी १ खर्ब ३० अर्ब २५ करोड रुपैयाँ तरलता प्रशोचन गरेको छ । यस अनुसार निक्षेप संकलन बोलकबोलमार्फत ४२ अर्ब ३५ करोड, ब्याजदर करिडोर अन्तर्गतको चौध दिने निक्षेप संकलन बोलकबोलमार्पmत ३ अर्ब १५ करोड, र रिभर्स रिपोमार्पmत् ८४ अर्ब ७५ करोड रुपैयाँ तरलता प्रशोचन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.