नेपाल इन्भेष्टमेण्ट बैंकको ७२औँ शाखा सल्यानको लान्तीमा

  २०७५ असार ४ गते १५:५९     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले आफ्नो ७२औँ शाखा सल्यानको लान्तीमा विस्तार गरेको छ । बैंकले लान्तीका स्थानीयलाई वित्तिय कारोबारमा सहजता प्रदान गर्ने उद्देश्यले उक्त स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको हो ।

आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको १०० वटा एटिएम पुगेको छ भने ६ वटा एक्स्टेन्सन काउन्टर रहेको छ । यस बैंकको ५७ वटा शाखारहित बैंकिङ्ग सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.