बजार झिनो अंकले उकालो, नेपाल बैंकको सबैभन्दा बढी सेयर कारोबार

  २०७५ असार ४ गते १५:३३     विकासन्युज

काठमाडौं । लगातार ओरालो लागेको बजार सोमबार झिनो अंकले उकालो लागेको छ । कारोबार खुल्नासाथ ओरालोतर्फ लागेको बजार करिब ३ घण्टा पछि उकालो लागेको हो । अन्ततः बजार बन्द हुँदा नेप्से परिसूचक १.९२ अंकले बढेर १२३५ अंकमा पुगेको छ ।

सामान्य अंकले बढेको बजारमा १५४ कम्पनीको १९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी नेपाल बैंकको सेयर किनबेच भएको छ । कम्पनीको १ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन यस कम्पनीको सेयर मूलय प्रतिकित्ता २९८ रुपैयाँ रहेको छ ।

नेपाल बैंकले एफपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाएपछि लगानीकर्ताहरु यस बैंकको सेयरप्रति आकर्षित भएका हुन् । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १८० रुपैयाँ प्रिमियम थपेर एफपीओ निष्कासन गर्दैछ । बैंकले एक करोड ७६ लाख रुपैयाा बराबरको एफपीओ निष्कासन गर्न लागेको हो ।

सोमबार समाता माइक्रोफाइनान्स वित्तीय संस्था र नेपाल हाइड्रो डेभलपर्सको सेयर मूल्य क्रमशः प्रतिकित्ता ९.९७ र ९.५९ प्रतिशतले बढेको छ । सबैभन्दा बढी राधी विद्युत कम्पनीका लगानीकर्ताले ९.७१ प्रतिशत गुमाएका छन् ।

सो दिन कारोबारमा आएका मध्ये बीमा, माइक्रोफाइनान्स, अन्य, हाइड्रोपावर र होटल समूह उकालो लागेका छन् । बाँकी बैंकिङ्, विकास बैंक, फाइनान्स र उत्पादनमूलक समूहको सूचक ओरालो लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.