एसबिआई बैंकको सञ्चालकमा दुई जना नियुक्त

  २०७५ असार ४ गते १२:५३     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकको सञ्चालक समितिमा दुई जना नियुक्त भएका छन् । बैंकले संस्थागत सेयरधनीको तर्फबाट आरएस रमेश र कर्मचारी संचय कोषको तर्फबाट विष्णुप्रसाद पौडेलाई संचालक समितिमा नियुक्त गरेको हो ।

कम्पनीको असार २ गते बसेको ४२३औँ संचालक समितिको बैठकले दुई जनालाई नियुक्त गरेको हो ।

साथै, यसअघि कम्पनीको संचालक पदबाट भिके त्यागी र बैकल्पिक संचालकको पदबाट धुब्र भट्टराईले सोही दिनदेखि लागू हुने गरी राजिनामा दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.