असार भित्रै शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण लिने हो ? तुरुन्तै आवेदन दिनुस्

  २०७५ असार ४ गते १०:१०     विकासन्युज

काठमाडौं । राष्ट्रिय युवा परिषदले असार भित्रै शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर ऋण दिने भएको छ । परिषदले चालु आर्थिक बर्षको कार्याक्रम अन्तर्गत शैक्षिक योग्यताको प्रमाण पत्र धितोमा राखेर ३५ जनालाई ऋण दिन लागेको छ ।

परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले १५ दिन भित्र जिल्ला कार्यालयहरुबाट आवेदन दिन आव्हान गरेको बताए । उनले प्रमाणपत्र धितो राखेर प्रत्येक प्रदेशका पाँच-पाँच जना युवा उद्यमीलाई अधिकतम २ लाख रुपैंयाँसम्म ऋण दिन लागेको बताए ।

अर्थमन्त्रालयले आइतबार युवा उद्यमका लागि प्रमाणपत्रका आधारमा ऋण सहयोग कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ पारित गरेसँगै सहकारी संस्थाहरु मार्फत ऋण उपलब्ध प्रक्रिया अघि बढेको हो ।

स्नातक उतिर्ण वा प्राविधिक शिक्षमा डिप्लोमा गरेका विद्यार्थीहरुले आफ्नो व्यवसायीक योजना पेश गरेर ऋण माग्न सक्नेछन् ।
१५ दिन भित्र आफ्ना जिल्ला कार्यालयहरुबाट आवेदन दिन सकिने परिषदले जनाएको छ ।

परिषदको अगुवाई तथा युवा स्वरोजगार कोष र श्रम मन्त्रालयको सहभागीतमा प्रमाणपत्र धितो राखेर ऋण उपलब्ध गराउने कार्यक्रम अघि बढ्न लागेको हो । सो कार्यक्रमका लागि परिषदले चालु आर्थिक वर्षमा ७० लाख बजेट विनियोजन गरेको थियो ।

आगामी अािर्थक वर्षको बजेटमा अघि सार्न लागिएको ७ लाख ऋण कार्यान्वयन सम्बन्धी कार्यक्रम पनि परिषदले नै गर्ने पनि ढुंगेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.