असार १४ गते २६७ सिट क्षमताको एयरबस काठमाडौं आइपुग्ने

  २०७५ असार ४ गते ९:३०     खेमराज श्रेष्ठ

काठमाडौं । नेपाल वायु सेवा निगमको २६७ सिट क्षमताकोे एयरबस असार १४ गते काठमाडौं आइपुग्ने भएको छ । निगमले ल्याउने २ वटा मध्ये १ वटा एयरबस मात्र काठमाडौं आइपुग्ने भएको हो ।

एउटा एयरबस १४ गते र अर्को एक महिनापछि ल्याउने तयारी भएको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले बताए । विमान आएको ३ हप्ता आन्तरिक काममा व्यस्त हुन्छौं, ४ हप्तापछि विमानलाई दुबैको दोहामा उडान गर्ने तयारी गरेका छौं प्रवक्ता श्रेष्ठले विकासन्युजसँग भने ।

उनका अनुसार २ वटा एयरबस सञ्चालन गर्नका लागि १२ जना को पाइलट र २ जना सिनयर पाइलटको आवश्यक पर्छ । जसमध्ये ६ जना को पाइलटको तयार भैसकेका छन् ।

निगमले अमेरिकन लिजिङ कम्पनी एएआर कर्पोरेसनलाई एयरबस ३३० र २०० सिरिजको विमान ल्याउन जिम्मा दिएको छ ।
श्रेष्ठका अनुसार नयाँ जहाजका लागि क्याप्टेन पाइलटको व्यवस्था एएआर कर्पोरेशनले नै गर्नेछ । नयाँ विमानले जापानको ओसाका, कोरियाको सिउल, र साउदी अरबको रियादमा उडान भर्नेछ ।

निगमले थप्न लागेको अर्को नयाँ न्यारोबडी ३२० अग्रेजी वर्ष २०१९ सम्ममा आइपुग्नेछ । १५६ सिट क्षमताको जहाज आएपछि ठूला एयरबसलाई लामो दुरीको उडान भर्ने जिम्मा दिइनेछ ।

निगमसँग राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान भर्ने ७४ जना पाइलट रहेका छन् । २९ जनाले आन्तरिक उडान भरिरहेका छन् । भने ४५ जना अन्तराष्ट्रिय उडान भर्ने पाइलट रहेको छन् ।

हाल ६ वटा साना र ३ वटा ठुला विमान रहेको निगमसँग ६ साना विमानले देशभित्र विभिन्न २२ स्थानमा उडान भरिरहेका छन् । हप्तामा सेक्टर हेरी १ देखि ३ उडान गरिहेको छ ।

दैनिक उडान भर्न निगमसगँ भएका जहाजहरु ४० वर्ष भन्दा पुराना र आवश्यक संख्यामा पाइलटको संख्या नहुँदा उडानको संख्या बढाउन नसकेको श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.