३७ लाख मै सिभिल होम्सको अपार्टमेन्ट किन्न सकिन्छ- सुदर्शन पराजुली

  २०७५ असार ३ गते १७:४६     विकासन्युज

सुदर्शन पराजुली–म्यानेजर सेल्स एण्ड मार्केटिङ, सिभिल ग्रुप

प्रपर्टी एक्स्पोमा सिभिल होम्स्को स्टलमा अवलोकनकर्ताले के के पाउँछन् ?

नेपाल जग्गा तथा आवास विकास संघले आयोजना गर्ने हरेक एक्स्पोमा हाम्रो कम्पनी सिभिल होम्स सहभागी हुँदै आएको छ । मेलामा आउने अवलोकनकर्तालाई हाम्रा विभिन्न प्रोजेक्टको बारेमा जानकारी दिनेछौं । कम्पनीले प्रदान गरेको छुटको बारेमा जानकारी गराउँछौं । साथै, सिभिल होम्सले गर्ने काम र प्रदान गर्ने सेवा, सुविधा लगायत सम्पूर्ण जानकारी ग्राहकले पाउनेछ ।

कम्पनीले अहिले कस्तो प्रोजेक्टलाई अघि बढाएको छ ?

अहिले हाम्रो विभिन्न प्रोजेक्टहरु अघि बढिरहेको छ । जसमा फेज फोर धापाखेल, फेज सेभेन सितापाईला र फेज ९ गोदावरीमा सञ्चालनमा आएको छ । ती प्रोजेक्टहरुमा इण्डिभ्यूजल होम र अपार्टमेन्टहरुको बिक्री भइरहेको छ । हाम्रो घरको मोडल साढे २ तलाको छ ।

हामीले धापाखेलमा ३७ लाखको अपार्टमेन्टको बिक्री शुरु गरेका छौं । दुई टावर छन् । टावर ए र बी मध्ये बी सकिसकेको छ । अहिले ए टावरमा केही अपार्टमेन्ट बाँकी छन् । त्यसको लागि बुकिङ खुलाएका छौं ।

मेलाको अवसरमा के-कस्तो अफर छ ?

हामीले विभिन्न अफर ल्याएका छौं । सोही योजना अन्तर्गत ३७ लाख रुपैयाँमा वान बेड रुमका अपार्टमेन्ट बिक्री गर्दैछौं । यस्ता अपार्टमेन्टहरुमा कम्तिमा ३५० स्क्वार फीट स्पेस हुन्छ । त्यस्तै त्योभन्दा बढीको टु बेड रुम र थ्री बेड रुम भएका अपार्टमेन्टहरु पनि छन् । उक्त अपार्टमेन्टहरुमा बेड रुमसहित एउटा लिविङ रुम, साथमा बाथरुम र किचन हुन्छ । अपार्टमेन्टको बिक्री भने धापाखेलको कोलोनिमा मात्रै छ । थ्री बेड रुमको आपर्टमेन्टलाई एक कोरोड रुपैयाँसम्म पर्छ ।

इण्डिभ्यिूजल घरहरुको मूल्य १ करोड ५५ लाखदेखि ३ करोड रुपैयाँसम्म पर्छ । ती घरहरुमा पनि अफर राखेका छौं । सितापाइलाको घरहरु १ करोड ९५ लाख रुपैयाँमा अफर दिएका छौं । गोदावरीमा अफर अन्तर्गत नै १ करोड ५५ लाख रुपैयाँदेखि बिक्री शुरु गरेका छौं । मेला सकिएपछि उक्त मूल्यमा पाइदैन ।

ती घरहरु साढे दुई आनादेखि चार आनासम्ममा बनेका छन् र साढे दुईतलाका छन् । ३/४ ओटा वेड रुम छन् । त्यसमा आफूलाई कस्तो मोडल, टाइपको मनपर्छ सोही अनुसार छनौट गर्न सकिन्छ । निर्माणाधिन, निर्माण भइसकेका घरहरु शुरुमै खरिद गर्न सकिन्छ । निर्माण भइरहेका घरहरुलाई समेत आफ्नो डिजाइन दिन सकिन्छ ।

त्यस्तै, हामीले मेला अबधिमा करिब ८५ युनिट अपार्टमेन्ट मध्ये ३० प्रतिशत र ‘इण्डिभ्यूजल’ ३० देखि ४० घर बुक हुने अपेक्षा गरेका छौं ।

३७ लाख मूल्य भएको अपार्टमेन्टमा कति जनाको परिवार बस्न सकिन्छ ?

विगतमा जस्तो ठूलो र संयुक्त परिवारमा अहिले विरलै हुन्छन् । अधिकांशको परिवार सानो र स्मार्ट हुन्छ । जसमा श्रीमान्, श्रीमती बच्चा हुन्छ । साथमा प्यारेन्ट्स भए पनि सहजै बस्न सकिन्छ ।

पछिल्लो समय अपार्टमेन्टप्रति मानिसहरुको आकर्षण बढिरहेको देखिएको छ । अहिले बजारमा ५० लाखभन्दा तलको अपार्टमेन्ट पाउन गाह्रो छ । सिभिल होम्स सबै माझ छाइसकेको कम्पनी भएकोले पनि हामीले भने शुरुको फेज भएको कारण कम मूल्यमा अपार्टमेन्ट बिक्री गरिरहेका छौं ।

पछि बिक्री बढ्दै जाँदा अहिलेको मूल्यमा दिन सक्दैनौं । भाउ पनि बढ्छ । ल्याण्ड प्रोपर्टीको भाउ क्षणभरमै बढ्न सक्छ ।

अन्य रियलस्टेट कम्पनी भन्दा सिभिल होम्समा के फरक छ ?

सिभिल होम्सले एक्स्पो लगायतको अबधिमा जुन अफरहरु दिएको छ त्यस्तो अफर अरु कम्पनीहरुले दिएका छैनन् । सिभिल होम्सलाई बजारमा नम्बर वानको रुपमा लिने गरेका छन् । हाम्रो अफर अफोर्डएबल छ । हामीले ३/४ आनामा साढे २ तलाको, मोडर्न आर्किटेक्चरहरुको नयाँ कन्सेप्टमा घरहरु बनाएका छौं । भित्र फिनिसिङ समेत रहेको उक्त घरहरुलाई अफोर्डएबल मूल्यमा बजारमा उपलब्ध गराएका छौं ।

यस कम्पनीले बनाएका घरहरु राम्रो पृष्ठभूमि भएका व्यक्तित्वहरुले खरिद गरिरहेका छन् । त्यस्तै, हाम्रो घरहरु एकआपसमा टाँसिएका छैनन् । प्रत्येक घरमा बगैचाँ, गाडी राख्ने स्पेस छ । त्यसकारणले पनि हाम्रो प्रोजेक्ट छुट्टै छ । धापाखेलमा मात्रै ३ सय बढी घरहरु छन् । सितापाइला र गोदावरीमा ११० युनिटभन्दा बढी घर बनइरहेका छौं ।

कम्पनीको आगामी योजना के छ ?

तत्काल हामीले उपत्यकामा मात्रै काम गरिरहेका छौं । हालसम्म राजधानीमा ९ फेजको प्रोजेक्ट सञ्चालन गरिसकेका छौं । अब राजधानीबाहिर जाने हाम्रो योजना छ । माग बढिरहेको छ । बाहिर लैजाने अवसर खोजिरहेका छौं ।

आगामी दिनमा अन्य विजनेश पनि थप्दैछौं । जसमा रेन्टल, लिजका घरहरुतर्फ काम गर्ने योजना बनाइरहेका छौं । कसैले सिभिल होम्सको घर अथवा अपार्टमेन्ट बेच्न चाहे, भाडामा लगाउन चाहे सहजीकरण गर्ने हो कि भन्ने छलफल अगाडि बढाएका छौं ।

करिब दुई दशकअघि स्थापना भएको सिभिल सेभिङ एण्ड को अपरेटीभबाट सिभिल ग्रुपको जन्म भएको हो । सिभिल ग्रुपअन्तर्गत सिभिल सेभिङस, सिभिल रियलस्टेट, बैंक, मनोरन्जन, सिनेमा, इन्जियरिङ, कन्सल्टेन्सी लगायत विभिन्न कम्पनी सञ्चालनमा छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.