बजार १४ अंकले घट्दा दुई कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी

  २०७५ असार ३ गते १५:१८     विकासन्युज

काठमाडौं । आइतबारको सेयर बजार निरन्तर ओरालो लागेको छ । सो दिनको बजार खुलेदेखि दिनभर ओरालो लागेर बजार बन्द हुँदा १२३३ अंकमा झरेको छ । सम्रगमा बजार १४ अंकले घटेको छ ।

दोहोरो अंकले घटेको बजारमा पनि दुई कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । सबैभन्दा बढी राधी विद्युत कम्पनीका लगानीकर्ताले १० प्रतिशत बढी कमाएका छन् । त्यस्तै, समता माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । यी दुई कम्पनीको सेयर मूल्य प्रतिकित्ता क्रमशः ३१९ र १७८५ रुपैयाँ रहेको छ ।

समता माइक्रोफाइनान्सले हकप्रद सेयर जारी गर्दै छ, त्यसैले कम्पनीको सेयर मूल्यमा वृद्धि भएको हो । कम्पनीले ५० प्रतिशत हकप्रद जारी गर्नको लागि असार १२ गते बुक क्लोजको मिति घोषणा गरिसकेको छ ।

आइतबारको बजारमा १५८ कम्पनीको २४ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको २ करोड रुपैया बराबरको सेयर कारोबार भएको छ ।

बजारमा होटल बाहेक सबैसमूहको सूचक ओरालो लागेको छ । सबैभन्दा बढी बीमा समूह ७२ अंकले झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.