समता माइक्रोफाइनान्सको असार १२ गते बुक क्लोज, हकप्रद सेयर जारी गर्दै

  २०७५ असार ३ गते १४:२८     विकासन्युज

काठमाडौं । समता माइक्रोफाइनान्स वित्तीय संस्थाको आगामी असार १२ गते बुक क्लोज हुने भएको छ । संस्थाको हालै सम्पन्न ६४औँ बैठकले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि उक्त एक दिन कम्पनीको कारोबार बन्द गर्ने निर्णय गरेको हो ।

फाइनान्सले २ बराबर १ को अनुपात अर्थात ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हाल संस्थाको चुक्ता पुँजी ३ करोड ७९ लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पछि संस्थाको पुँजी ५ करोड ६८ लाख रुपैयाँ पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.